एउटै फिचर भएका दुई इलेक्ट्रीक माइक्रोबस, कुन किन्दा बढी फाइदा ?

काठमाडौं । नाडा अटो शोमा आज सम्पन्न हुँदैछ । यस पटक लाइट कमर्शियल भेहिकल सेग्मेन्ट पनि अटो शोमा प्रदर्शनी गरिएको छ ।

यस पटकको अटो शोमा फोटोन, केवाइसी, किङलङ र एसआरएमका इलेक्ट्रीक भेहिकलहरु प्रदर्शनी भएका छन् । सबै ब्राण्डले ११ सिट क्षमताका र केहीले १४ सिट क्षमताका इलेक्ट्रीक माइक्रोबस र साना ट्रकहरु प्रदर्शनी गरेका छन् ।

छोटो दुरीका रुटमा अहिले ११ र १४ सिट क्षमताका माइक्रोबस संचालन भइरहेको र माग पनि उच्च रहेको कारण धेरै कम्पनीले अटो शोमा चासो देखाएका हुन् ।

यी मध्ये नाडा अटो शोमा प्रदशृन भएका ११ सिट क्षमताका इलेक्ट्रीक भ्यान केवाइसी र एसआरएम कम्पनीका भ्यानमा धेरै कुरा समान रहेका छन् ।

एसआरएम ‘एक्स–३० एल’ मोडलको भ्यान अगाडिबाट हेर्दा बीएमडब्लुको झझल्को दिने ग्रिल डिजाइनमा रहेको छ । केवाइसी भी–५ मोडल भने रेगुलर ईभीहरुमा हुने जस्तै क्लोज ग्रिल डिजाइन पाउन सकिन्छ ।

एसआरएमको भ्यान विसाल ग्रुप अन्तर्गतको पूजा कस्ट्रक्सनले बिक्री सुरुवात गरेको छ । केवाईसीको भ्यान चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले बिक्री गर्दै आएको सफल मोडल हो ।

एउटै साइज

टेक्नीकल स्पेसिफीकेसनको कुरा गर्दा यी दुबै भ्यानको लम्बाई समान ४४९५ एमएम, चौडाई १६८० एमएम, उचाई १९९० एमएमको रहेको छ ।

यी दुुुबै भ्यानमा २९३० एमएमको ह्वीलवेस पाउन सकिन्छ । केवाइसीमा १५ इन्चको ह्वील रहेको छ भने, एसआरएममा १४ इन्चको ह्वील छ । उता एसआरएममा २२० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ भने केवाईसीमा १८० एमएमको मात्रै ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

एउटै ब्याट्री

दुबै भ्यानमा ४१.८६ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक रहेको छ । मोटर पनि दुबै ब्राण्डले एउटै ६० किलोवाट क्षमताको प्रयोग गरेका छन् ।

दुबै कम्पनीले दावी गरे आनुसार यी भ्यानले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिन्छ । दुबै भ्यानको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टाको रहेको छ ।

समान फिचर

दुबै भ्यानको सिट क्षमता समान ११ सिट रहेको छ । एयर कन्डिसनर डिजिटल इन्फोटेन्मेन्ट सिस्टम, तथा पावर विण्डो दुबै मोडलमा छ । सुरक्षाका लागि फ्रन्ट डिस्क र रियर ड्रम बे्रक दिइएको छ ।

एबीएस ब्रेकिङ, चाइल्ड सेफ्टी लक, किलेस इन्ट्री, रियर भ्यू क्यामेरा, रियर पार्किङ सेन्सर, ओआरभीएममा टर्न सिग्नल, फगल्याम्प दुबै मोडलमा पाउन सकिन्छ ।

दुबै कम्पनीले ब्याट्री र इलेक्ट्रीक मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिएका छन् । एसरआरएममा थप फिचरको रुपमा ड्यासक्याम समेत रहेको छ ।

मूल्य र अफर

पूजा कन्स्ट्रक्सनले एसआरएम भ्यानको मूल्य ४४ लाख ५० हजार राखेर बिक्री गरिरहेको छ । नाडा अटो शोको उपलक्षमा ५० हजारको विशेष नगद छुटसमेत दिएको छ ।

साथै, कम्पनीले १ वर्षको वार्षिक कर, १ वर्षको पूर्ण बीमा, १ वर्षसम्म कन्जुमेवल पार्टस् सहित फ्रि सर्भिसिङ र ७ किलोवाटको चार्जर समेत उपलब्ध गराएको छ ।

अटो शोको अबसरमा एसआरएम टेस्ट ड्राइभ गर्नेहरुले हेलिकप्टरमा मुक्तिनाथ वा गोसाइकुन्डको यात्रा गर्ने अफर समेत पाउन सक्नेछन् ।

त्यस्तै, सीजी मोटर्सले बिक्री गरिरहेको केवाईसी भ्यानको मूल्य ४५ लाख ५० हजार रहेको छ । कम्पनीले नाडा अटो शोको अवसरमा प्रत्येक भ्यानको खरिदमा ४३ इन्चको स्मार्ट एलइडी टिभी, ६.६ किलोवाटको चार्जर, एक वर्षको वार्षिक कर र बीमा सुविधा दिएको छ ।


Back_to_top