नेपालमा रोयल इनफिल्डको क्रेज बढ्दो, ‘वान राइड २०२३’ मा ८० मोटरसाइकल सहभागी

काठमाडौं । रोयल इनफिल्डको वान राइड सम्पन्न भएको छ । आज (सेप्टेम्बर १७)का दिन विश्वव्यापी रुपमा आयोजना हुने वान राइड नेपालमा पनि सम्पन्न भएको हो ।

नेपालमा वान राइड अल्फा अटो मोटिभले आयोजना गरेको हो । रोयल इनफिल्डको नक्साल शोरुमबाट सुरू भएको उक्त राइड त्रिपुरेश्वर, पुल्चोक, मंगलबजार ग्वार्को हुँदै ललितपुरको लाकुरीभञ्याङस्थित वासुकी माध्यामिक विद्यालयमा पुगेर सम्पन्न भएको हो ।

वान राइड २०२३ मा ८० भन्दा धेरै रोयल इनफिल्डका मोटरसाइकल तथा १०५ जना राइड तथा पिलियन राइडर सहभागी भएका थिए । उक्त राइडमा रोयल इनफिल्डका विभिन्न राइडर ग्रुपहरू, अल्फाका कर्मचारी, भारतीय दूतावासका कर्मचारी, पत्रकार, राइड मार्सल लगायत सहभागी थिए ।

वान राइडको फ्ल्याग अफ अल्फा अटोमोटिभ्सका निर्देशक हर्ष सांघाई र रोयल इनफिल्ड नेपाल कन्ट्री हेड अभिशेक शुक्लाले गरेका हुन् ।

राइडको अवसरमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वासुकी माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद तथा बाध्यवादनका सामग्री प्रदान गरेको थियो । त्यस्तै,  रोयल इनफिल्डका राइडरहरूका तर्फबाट २५ हजार रुपैयाँ नगद समेत हस्तान्तरण गरिएको थियो ।

उक्त राइडका क्रममा  आन्तरिक पर्यटन प्रबद्र्धनका साथै, राइडिङ गियरका फाइदा तथा सडक सुरक्षा जस्ता विषयमा अन्तक्रियाका कार्यक्रमहरू भएका थिए ।

उक्त राइडमा रोयल इनफिल्डका क्लासिक ३५०, हिमालयन, स्क्रयाम, जीटी ६५० लगायत हालै मात्र नेपालमा सार्वजनिक भएको हन्टर ३५० मोटरसाइकल सहभागी रहेको थियो ।

अल्फ अटोमोटिभले केही दिन अघिमात्र ४ लाख ५९ हजार सुरूआती मूल्य तोकेर हन्टर ३५० सार्वजनिक गरेको हो । ४ लाख ९९ हजारमै क्लासिक ३५० सार्वजनिक गरेर चर्चा कमाएको कम्पनीले आफ्नो बिक्रीका साथै सर्भिस नेटवर्क विस्तारको काम गर्दै आएको राइडको क्रममा  जानकारी दिएको छ ।


Back_to_top