नाडा अटो शो सम्पन्न, बेष्ट स्टलमा एज्दी र बीवाइडी

काठमाडौं । नाडा अटो शो २०२३ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाडा अटो शोमा करिब २ हजार ५ सय चार पाङ्ग्रे र करिब ३ हजार हाराहारी दुई पाङ्ग्रे सवारी साधन बुकिङ भएको अनुमान गरिएको छ ।

६ दिनसम्म चलेको अटो शोमा करिब ७६ हजार अवलोकनकर्ताले भिजिट गरेको नाडा अध्यक्ष ध्रुब थापाले जानकारी दिए ।

‘हामीले ७५ हजार मानिसले अटो शो अवलोकन गर्ने अनुमान गरेका थियौं । हाम्रो अनुमानभन्दा धेरै भिजिटर आउनु भयो । सबैले आ–आफ्नो स्थानबाट गरेको सहयोग कै कारण अटो शो सफल भयो । यो अटो शो सफल मात्रै भएन, त्रासमा रहेको अर्थतन्त्रमा संजिवनी छकर्ने काम भयो’, थापाले अटो शो समापन समारोहमा भने ।

कम्पोनेन्ट, लाइट कमर्शियल, टु ह्वीलर्स र फोर ह्वीलर्स स्टल मध्ये उत्कृष्टलाई सेग्मेन्ट अनुसार अवार्ड दिइएको थियो । जसमा फोर्स मोटर्सको लाइट कमर्शियल, पौडेल इन्टरप्राइजेजले कम्पोनेन्ट, एज्दी मोटरसाइकलले बेष्ट टु ह्वीलर्स अवार्ड जित्न सफल भए । चार पाङ्ग्रे तर्फको अवार्ड भने बीवाइडीले जित्न सफल भयो ।


Back_to_top