काठमाडौं । केटीएमले नयाँ मोटरसाइकल नेपाल भित्र्याउने भएको छ । कम्पनीले ७९० सीसी क्षमताको नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत उक्त मोटरसाइकलको बुकिङ खुल्ला गरेको जनाएको छ । केटीएमले नेकेट स्ट्रिट फाइटर बाइक ड्यूक ७९० छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको हाे ।
यसमा ७९९ सीसी, लिक्वीड कुल्ड एलसी ८ सि प्यारालल ट्वीन इन्जिन रहको छ । यसले ९ हजार आरपीएमममा १०५ पीएस पावरका साथै ८ हजार आरपीएममा ८६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।
स्पोर्ट, स्ट्रिट, रेन र ट्रयाक गरि चार ओटा राइडिंग मोड दिइएको रहेको मोटरसाइकलमा एबीएस, ट्राक्सन कन्ट्रोल, ह्वील कन्ट्रोल लगायतका विशेषता दिइएको कम्पनीले जनाएको छ ।
यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरु गरेको कम्पनीले जनाएको छ ।

