काठमाडौं । लुयान स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता जिरो इमिसन राइडले नयाँ स्कीम ल्याएको छ । कम्पनीले साउन महिनाको अवसर पारेर महिलाहरुलाई लुयानका हरेक स्कुटरको खरिदमा नगद १० हजार रुपैयाँ छुट स्कीम ल्याएको हो ।
हाल नेपाली बजारमा लुयान स्कुटर ‘एमएनके३’ को मूल्य १ लाख ५३ हजार रुपैयाँ रहेको छ । यो स्कीममा खरिद गर्ने महिला वर्गलाई कम्पनीले १० हजार नगद छुटका साथ १ लाख ४३ हजार रुपैयाँमा नै स्कुटर विक्री गर्ने जनाएको छ । कम्पनीका अनुसार यो योजना आजदेखि सुरु भएर साउन ३२ गतेसम्मका लागि मात्र उपलब्ध रहने छ ।
कम्पनीले केही दिनअघि मात्रै यो स्कुटरलाई अझै परिस्कृत गर्दै नयाँ फिचरहरु थप गरेर ल्याएको हो । फिचर थप गरिएको लुयान एमएनके ३ को मूल्य भने पुरानै यथावत राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीले काठमाडौंको लाजिम्पाट, पोखरा नयाँ बजार र ललितपुरकाे मंगलबजारबाट समेत यसको विक्री गरिरहेको छ।
यो स्कुटरमा १५०० वाट क्षमताको ‘लिक्वीड कुल्ड’ हब मोटर जडान गरिएको छ। यो स्कुटर इलेक्ट्रीक सेग्मेन्टकै पहिलो रहेको कम्पनीले दावी गरेको छ । डीआरएल सहितको एलइडी हेडलाइट दिइएको यस स्कूटर को लुक्स आकर्षक र स्पोर्टी देखिन्छ। यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसमा ७२ भोल्ट ३२ एम्पिएर क्षमताको लीड एसिड ब्याट्री जडान गरिएको छ । स्कूटर लाई फास्ट चार्जर बाट ३ देखि ४ घण्टा मा फुल चार्ज गर्न सकिन्छ।
एक पटक फुल चार्ज मा ७५ देखि ८५ किलो मिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ । यसको पछाडि चक्कामा जडान गरिएको रनफ्लाट टायरले पंचर भएकोको अवस्थामा पनि केही समयसम्म गुडाउँदा पनि हब मोटरमा क्षति पुग्दैन ।
यसको अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि सेरामिक ड्रम ब्रेक दिइएको छ।
यसको डिजिटल कन्सोल मा स्पीड र चार्जको सहि जानकारीकाे लागि एस्ओसी मोडूल जडान गरिएको छ। यसको अतिरिक्त यो स्कुटरमा एन्टी थेफ़्ट अलार्म , अटो व्हील लक् , चाइल्ड लक् र यूएसबी पोर्ट जस्ता सुविधासमेत दिइएको छ। जसले स्कूटरलाई अत्याधुनिक र सुरक्षित बनाएको छ।

