महिन्द्राले सार्वजनिक गर्यो नयाँ लोगो, एक्सयूभी ७०० मा लाग्ने

काठमाडौं । महिन्द्राले आफ्नो एसयूभीको लागि भन्दै नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सार्वजनिक भएको लोगोलाई पहिलो पटक एक्सयूभी ७०० मा प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गर्दै बलिउड कलाकार नसुरुदीन शाह र म्यूजिक कम्पोजर इशान लोयलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।

नयाँ लोगो सार्वजनिक गरेपछि कम्पनीका अटो एण्ड फर्म सेक्टरका कार्यकारी निर्देशक राजेश जेजुरेकरले भने, ‘नयाँ लोगोसँगै महिन्द्राका एसयूभीको अगाडिको भागमा ठूलो परिवर्तन आउने छ । नयाँ लोगोले एड्भेन्चर खोज्ने ग्राहकलाई आकर्षित गर्नेछ । नयाँ लोगो स्वतन्त्रताको मनोभवनासँग जोडिएकाले सबैले अपनत्व गर्न सक्ने छन् ।’

कम्पनीका इभीपी र चिफ डिजाइन अफिसर प्रताव बोसका अनुसार यहाँ देखाईको दुई एमले ‘एक्सपेन्सीभ र एक्सटाईटिङ’लाई झल्काउने छ । यसले महिन्द्रा अब पूर्णत नयाँ डिजाइनको लागि तयार भएको संदेश पनि दिएको छ ।


Back_to_top