बजाजसँगको सहकार्यमा केटीएमले ५०० सीसी दुई सिलिन्डर बाइक बनाउँदै

भारती मोटरसाइकल उत्पादक कम्पनी बजाज र अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमले संहकार्य गर्दै ५०० सीसी सेग्मेन्टका ट्वीन सिलिन्डर मोटरसाइकल निर्माण गर्ने भएका छन् । 

कम्पनीले प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्नै संयुक्त लगानीमा उक्त मोटरसाइकल बनाउने लागेका हुन् । उत्पादित मोटरसाइकलले भारतीय बजारमा राम्रो बजार पाउने कम्पनीले विश्वास लिइएको छ । ५०० सीसी सेग्मेन्टका यी मोटरसाइकलले प्रत्यक्ष रुपमा सोही सेग्मेन्टका जापानी मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 

मोटरसाइकलमा केटीएमले बनाउने मल्टि प्लेटफर्मको मोटर प्रयोग हुने अनुमान गरिएको छ । कम्पनीको मौजुद स्पोर्ट नेकेड ड्युक र सुपर स्पोर्ट आरसी मोटरसाइकलमा ३७३।२ सीसी इन्जिन लगाइएको छ । कम्पनीले नयाँ एडभेन्चर मोटरसाइकल चाँडै नै भारतीय बजारमा ल्याउने तयारी गरेको छ । केटीएम ड्युक ७९० मा ७९९ सीसी प्यारालल ट्वीन मोटर दिइएको छ ।

साथै, ७९० एडभेन्चर मोटरसाइकलमा पनि सोही इन्जिन लगाइएको छ । दुई कम्पनीले ड्युक ३९० र आरसी ३९० को नयाँ संस्करणको उत्पादनमा लगानी गर्ने आँलकन गरिएको छ । यी मोटरसाइकलको रेगुलर मोडलमा उपलब्ध इन्जिनले ४३.५ बीएचपी पावर उत्पादन गर्छ । 

नयाँ आउने मोटरसाइकलमा ५०० सीसी ट्वीन सिलिन्डर इन्जिन हुने छ जसले ५५-६५ बीएचपी पिक पावर उत्पादन गर्ने अनुमान गरिएको छ । सो मोटरसाइकलले ट्रायफ स्ट्रिट ट्रिपल एस, डुकाटी मनोस्टर ८२१ र कावासाकी जेड ९०० सँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ  । 


Back_to_top