काठमाडौं । हिरोका मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले आफ्नो १२५ सीसी सेग्मेन्टको पहिलो स्कुटर डेस्टिनी बजारमा ल्याएको छ ।
आईथ्री एस प्रविधियूक्त डेस्टिनी–१२५ भारतीय बजारमा सार्वजनिक भएको ५ महिनापछि नेपाली बजारमा आएको हो । यसको मूल्य २ लाख ६ हजार रुपैयाँ तोकिएको छ ।
एक कार्यक्रमका बीच हिरो मोटोकर्पका ग्लोबल बिजनेस स्ट्राटेजी एन्ड पर्फमेन्स ट्रान्सफरमेसन प्रमुख रजत भार्गव र नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले उक्त बाइक नेपाली बजारमा सार्वजनिक गरेका हुन् ।
यसमा प्रयोग भएको १२५ सीसीको इन्जिनले ८.७ बीएचपी र १०ं२ एनएम टर्क जेनेरेट गर्छ ।नयाँ स्कुटरमा डिजिटल एनालग स्पीडोमिटर, साइड स्ट्यान्ड इन्डिकेटर र सर्भिस ड्यु रिमाइन्डर जस्ता प्रविधि छन् ।
चालकको सहजताको लागि बाहिरबाटै इन्धन भर्ने प्रणाली, बटमबाटै साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइट जस्ता सुविधा छन् । यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउछ ।
यसमा प्रिमियम बडी, सिग्नेचर टेल लाइट र ब्लिंकर बत्ती, स्टाइलिस कास्ट पांग्रा, बडी रङको ऐनाहरु र ड्युअल टोन सिट कभर समावेश छन् ।


