कावासाकी मोटरसाइकल कम्पनीले इलेक्ट्रीक मोटरसाइकल युनिट बनाउने भएको छ । इलेक्ट्रीक मोटरसाइकल बारे कम्पनीले यसअघि पनि विभिन्न कामहरु गरि सकेको छ । कम्पनीले इलेक्ट्रीक इन्जिन कुलिङ सिस्टम नै विकास गरेको छ ।
कावासाकीले २०१३ मै यस सम्बन्धी काम गरेको दाबी गरेको छ । तर यसको सार्वजनिक भने २०१९ को मार्च २७ मा मात्र गरेको हो । कावासाकीले इलेक्ट्रीक कावी बनाइ रहेको छ जुन निन्जा ३०० जस्तै देखिन्छ । यसलाई कावासाकीले इलेक्ट्रीक स्पोर्ट बाइक बनाउने तयारी गरेको हो ।
यो इलेक्ट्रीक स्पोर्ट बाइकमा शक्तिशाली व्याट्री प्रयोग हुनेछ । यसमा प्रयोग हुने व्याट्री दुई मोडमा प्रयोग हुने दाबी कम्पनीको छ । कावासाकीले स्वापएवल व्याट्री टेक्नोलोजी बनाउन लागि गरेको जनाएको छ ।
कावासाकीले निन्जा ३०० मै फोकस गरि रहेको बताइन्छ । तर कम्पनीले त्यसमा पनि थप स्पोर्टी बनाउन खोजेको बुझिन्छ । कावासाकीले इलेक्ट्रीक स्पोर्ट बाइकका लागि चाहिने व्याट्री शक्तिशाी बनाउन लगानी गरिरहेको छ ।


