काठमाडौं । नेपालको पहिलो र बिशाल फाइवर टू द होम इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले नयाँवर्ष २०७६ को अवसरमा आफ्नो ग्राहकहरुको लागिनयाँअफर ल्याएको छ । यस अफर अन्तर्गत वार्षिक ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले अतिरिक्त १० एमबीबीएसका साथ २ महिनाको इन्टरनेट र नेट टि.भी. निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवाप्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइलएप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

