काठमाडौं । मारुती सुजुकी थर्ड जेनेरेसन वागेनआरलाई गत हप्ता नेपाली बजारमा सार्वजनिक गरेसँगै अब डिलरहरुमा धमाधम सार्वजनिक गर्न थालिएको छ । सिजी मोटोकर्पको ललितपुर डिलर नारायणी अटोमा आज वागेनआर सार्वजनिक गरिएको छ ।
नयाँ बोल्ड डिजाईनमा आएको वागेनआरमा स्पेश, कम्फोर्ट, माइलेज जस्ता विषयमा निकै सुधार गरिएको छ । मारुती सुुजुकीको ५औं पुस्ताको हर्टटेक प्ल्याटर्फममा निर्माण भएको वागेनआर पहिलेको तुलनामा थप सुरक्षित समेत रहेको छ ।
इन्फोटेन्टमेन्ट सिस्टम, एबीएस, एयरव्याग जस्ता थप फिचरले नयाँ टलह्याचलाई निकै दमदार बनाएको छ ।
‘नयाँ वागेनआर धेरै स्पेशियस, स्टाइलिस, नयाँ मनोरञ्जनका फिचर र थप सुरक्षा फिचरसहित आएको छ । यो नेपाली परिवारको लागि उत्कृष्ट कार हो ।’ सार्वजनिक कार्यक्रममा बोल्दै नारायणी अटो बिजनेश वालकुमारीका प्रबन्ध निर्देशक अनुप बराले भने ।
यसको नेपाली बजारमा सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

