बेनी–जोमसोम–कोरोला सडक स्तरोन्नतिको काम रोकियो, यस्तो छ कारण

काठमाडौं । म्याग्दीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे गर्नेे तयारीमा रहेको छ । कुल १९० किलोमिटर रहेको सो सडकखण्ड हाल सब–बेस निर्माण हुने क्रममा रहेको छ । ७ किलोमिटर सब–बेस निर्माणसमेत भइसकेको योजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । 

उनका अनुसार पछिल्लो केही दिन हिमपात र लगातार वर्षा भएका कारण कालोपत्रेको काम सुरु गर्न सकिएको छैन । अझै १ सय ८३ किलोमिटरमा सब–बेस निर्माण गर्ने काम बाँकी रहेको छ । 

‘अहिले हिमपात र झरीका कारण काममा बाधा आएको हो, सब–वसे निर्माण गर्ने काम भइरहेको छ, झरी नरोकी कालोपत्रे गर्ने कुरा हुँदैन, हामी पिच गर्ने तयारीमा छौँ,’ अधिकारीले मेरोअटोसँग भने । 

उनका अनुसार पहिला यो समयमा पानी पर्दैन थियो । तर, यो वर्ष हिम्पात र पानी दुबै परिरहेको छ । उनले मौसम अनुकुल नहुँदासम्म सडकको काम अघि बढाउन नसकिने भएकाले रोको जानकारी दिए । 

सडक विभागले भने २०७६ सालमा बेनी–जोमसोम–कोरोलाको बाटो कालोपत्रे गरिने बताउदै आएको छ । 

बेनी–जोमसोम–कोरोला सडकखण्ड ११ वटा प्याकेजमा स्तरोन्नती गर्ने काम भइरहेको छ । जोमसोम–कोरोलाको बाटोमा अबको १ वर्षभित्र स्तरोन्नती सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । 

जोमसोम–बेनी सडकखण्ड कालोपत्रे गर्न तयार भएको र समय अनुकुल हुनासाथ त्यसमा कालोपत्रे सुरु गरिने उनले जानकारी दिए ।

ट्र्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई जोमसोमदेखि कोरलातर्फ ११ मिटर फराकिलो, नाली, ग्याबियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गर्न लागिएको छ । जोमसोमदेखि–बेनीतर्फको सडक कालोपत्रेका लागि चार वटा प्याकेजमा काम भइरहेको छ ।


Back_to_top