भदौ ४ देखि केटीएमको मनसुन क्याम्प हुँदै, ५० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । केटीएमले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै यही भदौ ४ गतेदेखि ‘मनसुन इन्जिन ओभरअल केयर क्याम्प’ सुरू गर्ने भएको छ ।

नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले भदौ ४ गतेदेखि ६ गतेसम्म उक्त क्याम्प संचालन गर्ने भएको हो ।

तीन दिनसम्म संचालन हुने उक्त क्याम्पमा ग्राहकले स्पेयर पार्टस्, आयल र लेबर चार्जमा छुट सुविधा लिन पाउने छन् ।

कम्पनीका अनुसार क्याम्पमा ग्राहकले इन्जिन आयलमा १० प्रतिशत छुट, स्पेयर पार्टस्मा पनि १० प्रतिशत छुट र लेबर चार्जमा ५० प्रतिशतसम्म छुट पाउने छन् ।

यसका अलावा प्रत्येक ग्राहकलाई अर्को पटकको मोटरसाइकल वासिङ कुपन फ्री र अन्य गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने जनाएको छ । यो क्याम्प केटीएमको नेपालभर रहेका सम्पूर्ण सर्भिस सेन्टरहरूमा संचालन हुनेछ ।

इच्छुक ग्राहकले केटीएमको आधिकारिक फेसबुक पेज केटीएम नेपालमा गई त्यहाँ दिइएको क्यूआर कोडमा स्क्यान गरी सर्भिस अपोइन्टमेन्ट डेट बुक गर्न सक्ने छन् ।


Back_to_top