काठमाडौं । विश्वभर आफ्नो प्रभाव बढाउन महिन्द्राले गतसाता नयाँ मल्टी इनर्जी मोडुलर प्ल्याटफर्म एनयू आइक्यू सार्वजनिक गरेको थियो । कम्पनीले उक्त अवसरमा भिजन एस, भिजन टी, भिजन एक्स र भिजन एएक्सटी गरी ४ वटा एसयूभी कन्सेप्ट देखायाे ।
कम्पनीले देखाएको यी चार कन्सेप्ट मध्ये सबैभन्दा पहिले भिजन एस लन्च गर्ने अनुमान गरिएको छ । महिन्द्राले भिजन एसको इन्टेरियरको टिजर समेत सार्वजनिक गरिसकेको छ ।
महिन्द्राले भिजन एसको एक्सटेरियर रगेड अफरोडल जस्तो बनाए पनि यसको इन्टेरियरमा कम्फर्ट र लग्जरीलाई विशेष प्राथमिकता दिएको जनाएको छ ।
आधुनिक एसयूभीहरूमा टचकन्ट्रोल धेरै हुने भए पनि भिजन एसमा भने फिजिकल बटनहरू समेत थुप्रै प्रयोग भएको देखिन्छ । यी स्वीचहरू एयरक्राफ्ट इन्स्पायर्ड टोगल सुइच वा पियानो कि जस्तो डिजाइनमा रहेको छ ।

यी सुइचहरूबाटै सिट हिटिङ, हिल डिसेन्ट, हाजार्ड लाइट, डिफ्रेन्सियल लक, अफरोड कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल ड्राइभ मोड सेलेक्टर, टेरेन मोड सेलेक्टर लगायत रहेको छ । यसमा क्लाइमेट कन्ट्रोलका लागि भने एलसीडी स्क्रीन दिएको छ । यो एसयूभीमा ड्युल जोन क्लाइमेट कन्ट्रोल र भर्टिकल ओरियन्टेड एसी भेन्ट रहेको देखिन्छ ।
ड्युल स्क्रीन सेटअपमा रहेको यो एसयूभीमा इन्फोटेन्मेन्ट र डिजिटल क्लस्टरका छुट्टाछ्ट्टै १२.३ इन्चको स्क्रीन रहेको छ । महिन्द्राले भिजन एसमा स्पोर्टी थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील दिएको छ । त्यस्तै सेन्टर कन्सोलमा ट्रेडिस्नल सेलेक्टर, अटो होल्ड र इलेक्ट्रीक पार्किङ ब्रेक रहेको छ ।

महिन्द्राको नयाँ एनयू आईक्यू प्ल्याटफर्ममा बनेकाले भिजन एसमा स्पेसियस क्याबिन र क्लास लिडिङ बुटस्पेश हुने अनुमान छ । महिन्द्राले यो एसयूभीमा फाइभ लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र महिन्द्राको प्रोपाइटरी ड्याम्पिङ टेक्नलोजीको प्रयोग गरेको छ ।
महिन्द्राको चर्चित स्कर्पियोबाट डिराइभ भएको भिजन एस कन्सेप्टको यो नयाँ एसयूभी सन् २०२७ सम्म लन्च हुने अनुमान गरिएको छ ।

