पोखरा । पर्यटकीय राजधानी पोखरामा बीवाइडीको नयाँ शोरुम संचालनमा आएको छ ।
बीवाईडी अटो इन्डष्ट्रिजको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पोखरामा आफ्नो उपस्थिति बलियो बनाउँदै बुद्धचोकमा नयाँ शोरूम संचालनमा ल्याएको हो ।
उक्त शोरुममो उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । साथै, बीवाइडीले पोखरामा बीवाईडीको नयाँ उत्पादन ‘सिलायन सेभेन’ पनि सार्वजनिक गरेको छ ।
कुल १२ हजार ८४५ वर्ग फिट क्षेत्रमा फैलिएको नयाँ शोरूम बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार निर्माण गरिएको छ ।

यस शोरुमबाट एकैसाथ थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । शोरुममा रहेका सबै कर्मचारी तालिम प्राप्त रहेकाले ग्राहकलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले नयाँ शोरुमबाट ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरे । ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं,’ उनले भने ।
बीवाईडी सिलायन ७ ले अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने उनले बताए ।

