हुन्डाईका गाडी किन्दा ८ लाखसम्म छुट, थप १० लाख जित्ने अवसर

काठमाडौं । हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘दशैं तिहार १० गुणासम्म उपहार’ योजनामा यस्तो छुट पाइने भएको हो ।

यस योजना अन्तर्गत हुन्डाईका सवारी साधन खरिद गर्दा ग्राहकले ८ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

साथै, स्क्रयाचमार्फत अतिरिक्त १० लाख रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले २० हजारसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र सडक कर पनि निःशुल्क पाउने छन् ।

कम्पनीले हुन्डाईका हरेक गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिएको छ ।

नेपालमा हुन्डाईका ग्राण्ड आइ १० नियोस्, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइस र आयोनिक ५ मोडल उपलब्ध छन् ।


Back_to_top