केटीएमले ल्यायो आकर्षक फाइनान्स अफर, एक्सचेन्जको पनि सुविधा

काठमाडौं । केटीएमको मोटरसाइकलहरूमा फाइनान्स तथा एक्सचेन्ज अफर सुरू भएको छ ।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हसंराज हुलासचन्द एण्ड कम्पनीले केटीएमका सबै मोडलहरूमा फाइनान्सका साथै एक्सचेन्ज सुविधा ल्याएको हो ।

कम्पनीको फाइनान्स तथा एक्सचेन्ज अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमै केटीएमको मोटरसाइकल किन्न पाउने भएको हो । यसमा ग्राहक आफूले छानेको मोडलको पूरा मूल्यको ५० प्रतिशतमात्रै रकम बुझाए पुग्छ । बाँकी कम्पनीले लोन सुविधा दिने छ ।

फाइनान्स सुविधामा मोटरसाइकल किनेका ग्राहकले ऋण रकम मासिक किस्तामा ३ वर्ष भित्र बुझाउनु पर्नेछ ।

यसका अलावा कम्पनीले ग्राहकले ल्याएका जुनसुकै पुराना दुईपाँग्रे मोडलमा १५ हजार एक्स्ट्रा भ्यालुयसन दिने जनाएको छ ।

हाल नेपाली बजारमा केटीएमको नेकेड, स्पोर्ट र एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलहरू उपलब्ध छन् ।


Back_to_top