नेपाल आएको नयाँ डोमिनार ४०० मोटरसाइकलमा थपिएका ६ नयाँ फिचर

काठमाडौं । नेपाली बजारमा बजाजले हालै अपग्रेडेड डोमिनार ४०० मोटरसाइकलको बिक्री सुरू गरेको छ ।

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले धेरै फिचरहरू अपडेट गरेर डोमिनार ४०० बजारमा उपलब्ध गराएको छ ।

कम्पनीले नयाँ डोमिनार ४०० को मूल्य ६ लाख ३४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । कम्पनीले नयाँ मोडलको मूल्य पुरानाको तुलनामा ९ हजार रुपैयाँ बढाएको छ । यद्यपि, थपिएका फिचरका आधारमा कम्पनीले मूल्य थोरै मात्र बढाएको हो ।

कम्पनीले नयाँ मोडलमा पुरानोको तुलनामा विभिन्न प्रविधि तथा सुरक्षा फिचर थपेर ल्याएको हो । यहाँ हामीले नयाँ डोमिनार ४०० मा थपिएका मुख्य फिचरहरूका बारेमा चर्चा गरेका छौं ।

१. नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर

पुरोनो मोडलमा साधारण डिस्प्ले र ट्याकंमा सेकेण्डरी स्क्रीन छ । नयाँ डोमिनारमा पूरा कलरफुल डिजिटल एलसीडी डिस्प्ले र ब्लूटुथ कनेक्टिभिटी सिस्टम रहेको छ । यसमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण डिटेल्स देखिनुका साथै टर्न बाइ टर्न नेभिगेसन र कल एसएमएस अलर्ट पनि छ ।


२. राइड बाइ वायर र राइड मोड

मोटरसाइकलमा डिजिटल थ्रोटलका रूपमा राइड बाइ वायर थ्रोटल सिस्टम दिइएको छ । यो सिस्टमले एक्सिलेटरलाई स्मुथ बनाउँछ । यसमा रेन, रोड, स्पोर्ट र अफरोड गरी चार राइडमोड पाइन्छ । यसले मोटरसाइकललाई अझै सुरक्षित बनाउँछ ।

३. ट्रयाक्सन कन्ट्रोल

डोमिनारमा ट्रयाक्सन कन्ट्रोल सिस्टम पनि दिइएको छ । यो प्रणालीले टायरलाई कन्ट्रोल गर्छ । यसले हिलो, धुलो, चिप्लो र उकालो जस्तो रोडहरूमा टायरलाई स्लीप हुन दिँदैन र टायरलाई सन्तुलन बनाइ राख्छ ।

४. एग्रोेनोमिक्स र टुरिङ अपग्रेड

पुरानो मोडलमा सामान्ड ह्याण्डलबार र सिट पोजिसन पाउन सकिन्छ । नयाँमा भने टुरिङलाई फोकस गरेर अपग्रेड गरिएको देखिन्छ । यसमा लामो यात्रामा आरामदायी प्रदान गर्ने रिडिजाइन गरिएको ह्याण्डलबार, रियर लगेज र्याक र जीपीएस टुरिङ सपोर्ट जस्ता टुरिङ फ्रेन्डली फिचरहरू छन् । जसले अझ बढी प्रिमियम अनुभव दिन्छ ।


५. चार्जिङ पोर्ट र अपग्रेड कन्ट्रोल बटन

डोमिनारको पुरानो मोडलको ट्याकंमा भएको सानो डिस्प्ले हटाएर नयाँ मोडलमा चार्जिङ पोर्ट राखिएको छ । यो मोटरसाइकलको दुवै साइटको कन्ट्रोल बटनहरू पनि नयाँ डिजाइन गरिएको छ ।

६. इन्जिन

डोमिनारमा बीएस ६ ओबीडी टू इमिसनमा अपग्रेड गरिएको ३७३.३ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, ट्रीपल स्पार्क, फोर स्ट्रोक, फोर भल्ब, डीओएचसी, एफआई इन्जिन छ । यसको पावर फिगर चेन्ज भएको छैन । यो इन्जिनले अधिकतम ३९ पीएस पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स र असिस्ट एण्ड स्लिपर क्लच छ ।


Back_to_top