काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमका मोटरसाइकलहरु ९ प्रतिशत ब्याजदरमा किन्न पाइने भएको छ । केटीएम मोटरसाइकलको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ९ व्याजदरमा नै उपलब्ध गराउने भएको हो ।
कम्पनीले एकै पटक पुरा पैसा चुक्ता गरेर मोटरसाइकल खरिद गर्न नसक्ने ग्राहकहरुका लागि नयाँ फाइनान्स स्कीम ल्याएको हो ।
यो स्कीममा केटीएमका मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसका बाकि रकममा ९ प्रतिशत मात्र ब्याज लाग्ने कम्पनीले जनाएको छ ।
यसका अलावा केटीएम मोटरसाइकल नगदमा खरिद गर्ने ग्राहकले केटीएमको राइडिङ ज्याकेट निशुल्क प्राप्त गर्नेछन् ।
केटीएमले हाल नेपाली बजारमा केटीएम २०० ड्यूक, ३९० ड्यूक, २५० ड्यूक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर, आरसी २०० र आरसी ३९० विक्री गर्दै आएको छ । कम्पनीले सबै मोटरसाइकल बीएस ६ भर्सनका विक्री गर्दै आएको छ ।

