मोटरसाइकलदेखि कमर्शियल गाडीमा ‘डकहम्स’ प्रयोग गर्ने हाम्रो लक्ष्य : बिन्यास न्यौपानेको अन्तर्वार्ता

काठमाडौं । विश्वकै चर्चित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’लाई ओटेक ट्रेडले नेपाल ल्याएको छ । पृथक हरियो कलरमा आउने यो ल्युब सन् २०२० मा नै ओटेक ट्रेडले एजेन्सी लिएको थियो । सन् १८९९ मा अलेक्जेंडर डकहम्सले सुरू गरेको ब्राण्डले एक शताब्दीभन्दा लामो इतिहासमा बोकेको छ । यसले उड्डयन क्षेत्र, इन्जिनीयरिङ क्षेत्र, भू–गतिको रेकर्ड तोड्ने र विश्वमा हुने प्रतिष्ठित मोटर स्पोर्टमा आफ्नो अलग पहिचान बनाउन सफल भएको थियो ।

यसअघि नै नेपालमा विक्री हुने डकहम्स ब्राण्डको भविष्यको योजना लगायतका विषयमा ओटेक ट्रेड प्रालिका कार्यकारी निर्देशक बिन्यास न्यौपानेसँग गरिएको कुराकानीको सम्पादीत अंश

डकहम्सको नेपालमा दुई वर्ष भइसकेको रहेछ, त्यो अवधिमा तपाईंहरूले के–के गर्नुभयो ?

हामीले काम सुरू गरेको दुई वर्ष नै कोभिड १९ को संक्रमणको कारण धेरै काम हुन पाएन । त्यसका बाबजूद हामीले डिलर नेटवर्क विस्तारमा राम्रै उपलब्धी हासिल गर्न सक्यौं ।

विगतमा पनि निकै सफल मानिएको डकहाम्स नेपाल ल्याउनु भएको छ । यसअघि नेपालमा धेरै कमर्शियल गाडीमा यसको प्रयोग भयो । अब नयाँ तरिका, नयाँ वितरकको हिसाबले तपाईंहरूको प्राथमिकता कुन सेग्मेन्टमा हुन्छ ?

हामी मोटरसाइकल, कार, हेभी इक्यूपमेन्ट, कमर्शियल साधन सबै क्षेत्रलाई सँगसँगै लाने योजना हाम्रो छ । हामी उत्कृष्ट उत्पादन भएकै कारण धेरै समस्यामा नपरिकन डिलर नेटवर्क विस्तार गर्न सफल भयौं । अहिले पनि बजारले डकहाम्स खोज्दै गरेको अवस्था हो । मिनरल, सेन्थेथिक, सेमी सेन्थेथिक र फुल्ली सेन्थेथिक सबै सेग्मेन्टमा हाम्रो उत्पादन पाउन सकिन्छ । त्यसैले हामी सबै सेग्मेन्टमा एकै पटक आउन लागेका हौं ।

हाम्रो बलियो नेटवर्क तयार भएको कारण सबै क्षेत्रमा एकैपटक हाम्रो फोकस हुनेछ । निजी साधन, उद्योग र सार्वजनिक यातायातका साधन सबैमा हाम्रो फोकस रहने छ ।

ओटेकले विगतदेखि नै ल्युबको क्षेत्रमा अनुभव लिइसकेको छ । त्यस्तोमा ब्रिटिस ब्राण्डको ल्युब नेपालमा किन उत्पादन नगर्ने भन्ने योजना बनाएको छैन ?

नेपालमा उत्पादन गर्ने सोच व्यवसायमा लागेपछि हुने नै भयो । डकहम्सको गुणस्तर कायम राख्ने क्षमता पहिला निर्माण हुनुपर्छ । त्यसको लागि क्वालिटी उत्पादनको ग्यारेन्टी दिन सक्ने अवस्थामा ओटेक पुग्नुपर्छ । ढिलो चाँडो हामी सबै पूर्वाधार तयार गरेर नेपालमा उत्पादनको बाटो खोज्न प्रयास गर्छाैं ।

यो वर्ष कति किलोलिटर ल्युब बेच्ने लक्ष्य निर्धारण गर्नु भएको छ ?

हाम्रो नेटवर्कको क्षमता, सप्लाइको अवस्था हेरेर लक्ष्य लिने हो । व्यवसायिक विक्री वितरणमा जुटेको पहिलो वर्ष भएको कारण सबै नेटवर्कमा माग अनुसारको सामान पठाउनु पर्छ भनेर लागेका छौं ।

मार्केट सेयर कति राख्ने भन्ने विषयमा भने हामी प्रस्ट छौं । अबको केही समयपछि ४/५ प्रतिशतको बजार हिस्सा डकहम्सले ओगट्ने छ ।

देश ईभीमय भइरहेको समयमा तपाईंहरू ल्युबको व्यवसायमा आउन लाग्नु भएको छ । के छ यो क्षेत्रको भविष्य ?

डकहम्सले विद्युतीय साधनको लागि चाहिने थुप्रै पार्टस् उत्पादन गर्ने घोषणा गरेको छ । हामी पनि अबको एक वा दुई वर्षमा नै नयाँ ईभी केन्द्रीत उत्पादन बजारमा ल्याउने छन् । हाम्रो दुबइको उत्पादकले यसमा काम गरिरहेको छ ।

डकहम्सको ल्युब हरियो कलरमा किन आउँछ ?

डकहम्सले आफ्नो उत्पादनलाई फरक देखाउन हरियो कलर दिएको हो । हरेक उत्पादकले आफ्नो उत्पादनलाई अलग बनाउन खोज्नु स्वभाविक हो । कन्जुमरको सेन्टिमेन्ट क्यास गर्न नै हरियो कलर बनाएको हो ।

नेपालमा गाडी विक्री गर्ने अधिकांश कम्पनीसँग आफ्नै ल्युब रहेको अवस्था छ । यस्तोमा तपाईंहरू पनि कुनै ब्राण्डसँग जोडिएर आउन लाग्नु भएको छ कि ?

तपाईंले भन्नु भएको ठीक हो । अहिले नेपालमा थुप्रै गाडी आयातकर्ता कम्पनीले ल्युब पनि ल्याइरहेका छन् । उनिहरूले आफूले विक्री गर्ने गाडीमा नै त्यो ल्युब प्रयोग गर्दै आएका छन् । हामी पनि केही ब्राण्डसँग छलफल गरिरहेका छौं । हेरौं, केही दिनमा नै यसको विषयमा प्रष्ट हुन्छ होला ।


Back_to_top