नक्सालमा यामाहाको ‘ब्लू स्क्वायर कन्सेप्ट’मा नयाँ शोरुम

काठमाडौं । यामाहाले प्रिमियम सेग्मेन्टको मोटरसाइकल विक्री गर्न नक्सालमा नयाँ शोरुम तयार गरेको छ । कम्पनीले नयाँ शोरुम ‘कन्सेप्ट ब्लु स्क्वायर’ कन्सेप्टमा तयार गरेको हो । शोरुम निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले नेपालमै पहिलो ब्लु स्क्वायर शोरुम संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । तर, यामाहाले भारतमा भने थुप्रै सहरमा ब्लु स्क्वायर शोरुम निर्माण गरिरहेको छ ।

काठमाडौंको नक्सालमा बनिरहेको ब्लु स्क्वायर शोरुममा कम्पनीले बिग बाइक, रेगुलर मोटरसाइकल तथा स्कुटर र यामाहाले उत्पादन गरेको राइडिङ गियर विक्री वितरणको लागि राख्नेछ ।

यामाहाले निर्माण गर्ने ब्लु स्क्वायर प्रिमियम शोरुममा यामाहाका प्रिमियम मोटरसाइकल तथा स्कुटरको टेष्ट राइड तथा एक्सपेरियन्स गर्न पाउने छन् ।

यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले बिग बाइकको लागि छुट्टै शोरुम निर्माण गरेर विक्री गर्ने लक्ष्य लिएको थियो । तर, ब्लु स्क्वायर कन्सेप्ट शोरुम निर्माण पश्चात् यही शोरुमबाट विक्री तथा वितरण गर्ने भएको हो ।

यामाहाले ब्लु स्क्वायर शोरुम दशैं अघि नै संचालनमा ल्याउने सम्भावना रहेको छ । शोरुम निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनी स्रोतले बतायो ।

यामाहाले बिग बाइक सेग्मेन्टमा यमाहा आर ६, टी म्याक्स ६५० स्कुटर, एमटी ०९ तथा बोल्ट मोटरसाइकल नेपाल ल्याएको छ ।


Back_to_top