टीभीएसको तीन नयाँ शोरुम एकै दिन उद्धघाटन

काठमाडौँ । जगदम्वा मोटर्सले एकै दिन तीन स्थानमा टीभीएस मोटरासइकलको शोरुम संचालनमा ल्याएको छ । कम्पनीले घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब संचालनमा ल्याएको छ ।

त्यस्तै, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज, र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल टे«डिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।

जगदम्वा मोटर्सले देशभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले गुणस्तरीय उत्पादनहरु विक्री तथा विक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ ।


Back_to_top