घटस्थापनाको अवसरमा महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा

काठमाडौं। महानगर यातायात प्रालिले काठमाडौं उपत्यकामा घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस सञ्चालनमा ल्याएको छ।

प्रालिले यसअघि ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिंदै आएको महानगर यातायात प्रालि, काठमाडौं उपत्यका सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था हो।

सिप्रदी ट्रेडिङका प्रमुख प्रबन्धक कृष्ण चन्दले दिएको जानकारीका आनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १ सय ४० हर्ज पावरको शक्तिशाली इन्जिन छ। हाइ व्याक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा तय गर्ने कम्पनीले जनाएको छ। यसको बडी निर्माण कम्पनी मार्कोपोलोद्वारा गरिएको छ ।


Back_to_top