काठमाडौं । केटीएमको सबैभन्दा सानो क्षमताको स्पोर्टस मोटरसाइकल आरसी १६० भारतीय बजारमा सार्वजनिक भएको छ ।
कम्पनीले केटीएम १६० ड्युक प्लेटफर्ममा आरसी १६० ल्याएको हो । कम्पनीले केटीएम आरसी १६० को मूल्य १ लाख ८४ हजार भारतीय रुपैयाँ (एक्स शाेरुम) तोकेको छ ।
आरसी १६० ले यामाहा आर १५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ । आर १५ को मूल्य भारतीय बजारमा १ लाख ६६ हजार भारु रहेको छ ।
केटीएम आरसी १६० मोटरसाइकलको डिजाइन केटीएमको आरसी २०० मोडलबाट प्रभावित छ । यसमा प्रयोग भएको इन्जिन केटीएम १६० ड्युकमा आधारित छ ।
आरसी १६० मा १६४ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १९ पीएस पावर तथा १५ एनएम टर्क जनेरेट गर्छ । यसमा स्लिपर क्लच र ६ स्पीडको गियरबक्स उपलब्ध छ ।

कम्पनीले भारतमा केटीएमको १६० ड्यूक मोडल भने सन् २०२५ को सेप्टेम्बर महिनामा सार्वजनिक गरेको थियो । केटीएमको सुपरस्पोर्ट सिरिज अन्तर्गतको आरसी १६० केटीएमकै ब्ल्याक एण्ड अरेन्ज कलर कम्बिनेसनमा आएको हो ।
अन्य आरसी मोडल जस्तै ट्रेलिस फ्रेममा बनेको यस मोटरसाइकलमा डब्लूपी एपेक्स इन्भर्टेड यूएसडी फर्क र मोनोसक सस्पेन्सन सेटअप, ओरेन्ज कलर अलोय ह्वील, लार्ज डबल डिस्कब्रेक र डबल च्यानल एबीएस उपलब्ध छ ।
साथै, मोटरसाइकलमा ब्लुटूथ कनेक्टिभिटी सहितको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, टर्न बाइ टर्न नेभिगेशन, पूरा एलईडी लाइट सेटअप, स्प्लीट सिट ग्रयाबरेल लगायतका फिचरहरू उपलब्ध छ ।

