पुरानै मूल्यमा नयाँ कलरको ‘केटीएम ३९० आरसी’

काठमाडौं । केटीएम ३९० नयाँ कलरमा सार्वजनिक भएको छ । केटीएम मोटरसाइकलको लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ कलर अप्सनमा केटीएम ३९० सार्वजनिक गरेको हो ।

नयाँ कलरमा आएको केटीएम ३९० आरसीलाई कम्पनीले पुरानै मूल्यमा सार्वजनिक गरेको हो । यो मोटरसाइकलको मूल्य ९ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले तीन कलर टोनमा ल्याएको मोटरसाइकल पहिलेभन्दा थप आर्कषक देखिएको छ । यसमा सिल्भर, ह्वाइट र अरेन्ज कलरको प्रयोग गरिएको छ । केटीएम मोटरसाइकलको लिगेसी अन्तर्गतकै यसको च्यासीस र अलोय ह्वीलमा अरेन्ज कलर प्रयोग गरिएको छ ।

यसका अलावा ३९० आरसीमा कुनैपनि मेकानिकल परिर्वतन भने गरिएको छैन । यसमा ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ४३ बीएस पावर तथा ३६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लीपर क्लच उपलब्ध छ ।

केही समय अगाडि केटीएमले मूल्य अपडेट गरेको थियो । हाल नेपाली बजारमा केटीएम २०० ड्युक, केटीएम २५० ड्युक, केटीएम ड्युक ३९०, केटीएम २०० आरसी, ३९० आरसी, केटीएम २५० एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर विक्री गर्दै आएको छ । त्यस्तै कम्पनीले केटीएम ७९० ड्युक चाडै नै विक्री सुरु गर्ने जनाएको छ ।


Back_to_top