लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले पाए ‘मस्ट प्रमिसिङ’ अवार्ड

काठमाडौं । नेपालका लागि केई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइले ‘मस्ट प्रमिसिङ पार्टनर’ अवार्ड पाएका छन् ।

चीनको यिविनमा भएको केई अटो ग्लोबल कन्फरेन्स अवार्ड समारोहमा दुवै कम्पनी उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

लक्ष्मी ई-मोबिलिटीको तर्फबाट लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र जीओ अटोमोबाइलको तर्फबाट प्रबन्ध निर्देशक आकाश गोल्छाले अवार्ड ग्रहण गरे ।

उक्त अवार्ड समारोहमा ५० बढी क्षेत्रीय डिस्ट्रीब्युटर्सहरूको सहभागिता थियो ।

नयाँ प्रविधि र ग्राहकमैत्री सेवाको क्षेत्रमा गरेको योगदान तथा इलेक्ट्रीक गाडीको प्रवद्र्धनमा देखाएको अग्रगामी भूमिकालाई अवार्ड दिइएको कम्पनीले उल्लेख गरेको छ ।

केई मोटर्स सन् २०१४ मा चिनियाँ अटोमोटिभ कम्पनी चेरी होल्डिङ ग्रुपको सहयोगमा स्थापना गरिएको थियो। केईले एसयूभी, क्रसओभरका साथै विद्युतीय गाडी उत्पादन गरेको छ।


Back_to_top