तीव्र गतिमा चार्ज हुने भयो लीपमोटरको ‘सी-१०’ एसयूभी

काठमाडौं । नेपाली बजारमा सफल भइसकेको लीपमोटरको सी-१० एसयूभीलाई कम्पनीले अपग्रेड गर्ने भएको छ । कम्पनीले यसअघि ४०० भोल्ट आर्किटेक्चरमा बनाएको सी-१० एसयूभी अब ८०० भोल्ट आर्किटेक्चरमा बनाउने भएको हो ।

सन् २०२५ को मध्यतिर चीनमा अपग्रेड भएको मोडल बिक्री सुरू हुने बताइएको छ । युरोपियन ग्रुप स्टेलान्टिसको प्रवेशसँगै निकै आक्रमक बजार विस्तारमा लागेको लीपमोटर एकपछि अर्को देशमा फैलिरहेको छ । स्टेलान्टिस ग्रुपले चाँडै भारतमा पनि यसको उत्पादन थाल्ने समाचारहरू बाहिर आएका छन् ।

कम्पनीले गरेको नयाँ अपडेटमा आर्किटेक्चर बाहेक ब्याट्री प्याक पनि हो । कम्पनीका अनुसार नयाँ सी-१० एसयूभीमा ७४.९ किलोवाट आवरको एलएफपी ब्याट्री रहनेछ । ८०० भोल्ट आर्किटेक्चरमा बन्ने भएको कारण चार्ज र डिस्चार्ज तीव्र गतिमा गर्न सकिन्छ ।

यसअघि १६० किलोवाट आवरको मोटरमा उपलब्ध लीपमोटर सी-१० को चिनियाँ भर्सनमा २२० किलोवाटको नयाँ मोटर दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कुन साइजको मोटरमा सी-१० आउँछ भन्ने एकिन जानकारी बाहिर आएको छैन ।

कम्पनीले अर्को मुख्य कुरा नयाँ सी-१० एसयूभीमा ‘क्वालकम स्न्यापड्रागन ८२९५पी’ प्रोसेसर दिएको छ । यसको कारण कारको सूचना प्रणाली पहिलेभन्दा निकै धेरै सुधार भएको छ । इन्ट्रीग्रेटेड लाइडार सेन्सर, इलेक्ट्रीक पावर्ड डोर ह्याण्ड, ५० किलोवाटको वायरलेस चार्जर प्याड यसमा पाउन सकिन्छ ।


Back_to_top