स्टेलान्टीस ग्रुपको ‘सोलिड स्टटे ब्याट्री’मा उच्च डेनसिटी रहने

काठमाडौं । युरोपियन अटोमोबाइल जाइन्ट स्टेलान्टीस ग्रुपले सोलिड स्टेट ब्याट्री तयार भएको जनाएको छ । कम्पनीले सन् २०२६ बाट बजारमा ल्याउने गरी सोलिड स्टेट ब्याट्री तयार भएको जनकारी दिएको हो ।

स्टेलान्टीस ग्रुप अन्तर्गत चलिरहेका भक्सहल, प्यूजो, सिट्रोन र फियाट ब्राण्डले संयुक्त रुपमा ७५ मिलियन डलर लगानी गरेर अमेरिकी कम्पनी फ्याक्टरल इनर्जीलाई सोलिड स्टेट ब्याट्रीमा काम गर्न जिम्मा दिएको थियो । सन् २०२१ देखि कम्पनीले सोलिड स्टेट हाइभोल्टेज ब्याट्रीमा काम गर्दै आएको हो ।

परम्परागत लिथियम आयोन ब्याट्रीभन्दा धेरै इनर्जी डेनसिटी पाइने सोलिड स्टेड ब्याट्रीमा विश्वका धेरै ब्याट्री निर्माताहरु काम गरिरहेका छन् । स्टेलान्टीस ग्रुपले ल्याउन लागेको सोलिड स्टेट ब्याट्रीमा ३७५ किलोवाट÷केजी इनर्जी डेन्सीटी रहनेछ । जुन अहिले टेस्ला र हुन्डाईले प्रयोग गरिरहेको एनसीएम ब्याट्रीको भन्दा धेरै हो । नयाँ सोलिड स्टेट ब्याट्रीलाई १५ देखि ९० प्रतिशतसम्म चार्ज गर्न केबल १८ मिनेट लाग्नेछ ।

कम्पनीका अनुसार नयाँ सोलिड स्टेड ब्याट्रीले माइनस ३० डिग्रीदेखि ४५ डिग्री सेल्सियससम्मको तापक्रममा काम गर्नेछ । स्टेलान्टीस ग्रुपका अनुसार आगामी १८ महिना भित्रै सोलिड स्टेट ब्याट्री भएका कारहरु सडकमा गुड्ने छन् ।


Back_to_top