सीएटीएल बन्यो चीनको पहिलो सुरक्षीत ब्याट्री निर्माता

काठमाडौं । चीन सरकारले सन् २०२६ जुलाई १ तारिखबाट ‘नो फायर, नो एक्सप्लोजन’ मापदण्ड कार्यान्वयनमा ल्याउनु पर्ने वाध्यकारी नियम बनाएको थियो । त्यसलाई पूर्णरुपमा पालना गर्दै ब्याट्री उत्पादन गर्ने सीएटीएल पहिलो चिनियाँ कम्पनी बनेको हो ।

चीन सरकारले ब्याट्री सुरक्षाको लागि ‘राष्ट्रिय मापदण्ड’ बनाएको थियो । सरकारले गत मार्च २५ मा उक्त मापदण्ड सार्वजनिक गरेपछि विश्वकै ठूलो हाइभोल्टेज ब्याट्री निर्माता सीएटीएलले पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको हो ।

नयाँ मापदण्ड अनुसार कुनै पनि हाइभोल्टेज ब्याट्रीमा हुन सक्ने थर्मल रनवेको घटनामा आगलागी वा विस्फोट हुन नहुने बनाइएको छ । साथै, त्यसको प्रमाणिकरणको लागि ‘थर्मल डिफ्यूजन’ परीक्षण गर्नु पर्ने ब्यवस्था गरिएको थियो । त्यही परीक्षण सीएटीएलले पुरा गरेको हो ।

अप्रिल २९ तारिखमा सीएटीएलले क्यूलीन ब्याट्री परीक्षणको लागि पेश गरेको थियो । यो ब्याट्री ‘सेल टु प्याक’ प्रविधिमा आधारित छ । निकै धेरै इनर्जी डेनसीटी (२५५ किलोवाट÷केजी) रहेको उक्त ब्याट्री परीक्षणमा सफल भएको हो ।

चाइना अटोमोटिभ टेक्नोलोजी एण्ड रिसर्च सेन्टरले प्रमाणित गरेर सीएटीएललाई ‘नो फायर, नो एक्सप्लोजन’ परीक्षणमा सफल मोडल मानेको हो । सन् २०२५ फेब्रुअरीसम्ममा सीएटीएलको ब्याट्री १ करोड ८० लाख युनिट भेहिकलले प्रयोग गरेका छन् ।


Back_to_top