लेक्सस कम्पनीले अन्तर्राष्ट्रिय बजारमा नयाँ ह्याचब्याक मोडल ल्याउने तयारी गरेको छ । लेक्ससको इन्ट्री लेभल ह्याचब्याक मोडलले कम्पनीको पाँच सिटर ह्याचब्याक मोडल सिटीलाई रिप्लेश गर्ने आँकलन गरिएको छ ।
लेक्ससे सन् २०११ मा सार्बजनिक गरेको सिटी मोडल ८ वर्षदेखि बिक्री वितरण भइरहेको छ ।
कम्पनीका युरोपियन हेड बोस पास्कल रुचले टिएनजीए प्लाटफर्ममा निर्माण हुने नयाँ ह्याचब्याक कम्पनीको इन्ट्रीलेवल कार हुने बताएका छन् । यद्यपी, रुचले उक्त मोडलको विशेषता, मूल्य तथा सार्बजनिक हुने मितिबारे भने कुनै जानकारी गराएका छैनन् ।
तर, कम्पनीले यो ह्याचब्याक मोडलाई इलेक्ट्रीक भर्सनमा ल्याउने तयारी गरिएको भने उनले बताए । यो कार अमेरिकी बजारमा बिक्री हुने क्रस ओभरभन्दा केही सानो हुने अनुमान लगाइएको छ ।
यसको लम्बाई ४ हजार ४९५ एमएम, चौडाई १ हजार ८४० एमएम र उचाइै १ हजार ५४० एमएम रहने छ भने, कारको ह्वील वेस २ हजार ६४० एमएम रहने छ । यसमा पाँच डोर अप्शन दिइने छ भने, टेस्ला मोडल थ्रि र मर्सिडिज इक्युएको जस्तै इलेक्ट्रीक पावर दिइने अनुमान गरिएको छ ।

