लकडाउन बढ्दै जाँदा मोटरसाइकल तथा स्कुटर बचाउन गर्नुस् ७ काम

काठमाडौं । कोभिड १९ भाइरसका कारण करिब दुई महिनादेखि चलिरहेको लकडाउन अझै थपिने देखिएको छ । यस्तोमा दुई महिनादेखि घर घरमा थन्किएर रहेका मोटरसाइकल तथा स्कुटरलाई दुरुस्त राख्न मुस्किल सुरु भएको हो ।

लामो समयसम्म सञ्चालन नगर्दा सवारी साधनमा समस्या आउने हुन्छ । त्यसैले लकडाउनमा आफ्नो मोटरसाइकल तथा स्कुटरको सुरक्षा कसरी गर्ने भनेर हामीले केही सुझाव दिने प्रयास गरेका छौं ।

स्टार्ट गर्ने

लामो समय पार्किङ गरेर राखिएको मोटरसाइकल तथा स्कुटरलाई सम्भव भएसम्म हरेक दिन बिहान ५ मिनेट स्टार्ट गर्ने गर्नु पर्छ । यदि हरेक दिन स्टार्ट गर्न सम्भव नभए कम्तीमा हप्ताको एक पटक स्टार्ट गरेर भित्र बाहिर गर्दै विस्तारै चलाउनु पर्छ । यसो गर्दा मोटरसाइकलको ब्याट्रीमा समस्या आउँदैन भने इन्जिनमा समेत लुव्रिकेन्ट राम्रोसँग पास हुन्छ ।

मोटरसाइकल डबल स्यान्डमा राख्ने

लामो समयसम्म मोटरसाइकल पार्क गरेर राख्नु पर्ने हुँदा सधै सेन्टर स्यान्डमा राख्नु पर्छ । यसो गर्दा मोटरसाइकलको प्रेसर दुबै स्यान्डमा पर्छ । साथै मोटरसाइल लड्ने सम्भावना पनि हुँदैन् ।

लुब्रिकेन्ट गर्ने

पार्किङमा राख्दा मोटरसाइकलको विभिन्न पार्टसमा लगाइएको लुब्रिकेन्ट सुक्ने गर्छ । चेन, क्लच, सस्पेन्सन, ब्रेक लिभर, स्यान्ड जस्ता पार्टमा ल्युव गर्ने गर्नु पर्छ ।

फ्यूल व्यालेन्स गर्ने

यसरी लामो समयसम्म पार्किङ गर्दा मोटरसाइकलमा फ्यूल ट्याक भरि राख्नु पर्छ । यसले इन्जिनलाई सुख्खा हुनबाट बचाउने गर्छ । साथै यसो गर्दा इन्धन ट्याङकीमा खियालाग्ने जस्ता समस्या देखा पर्दैनन् ।

पाकिङ्ग पोजिसन बदल्ने

यसरी पाकिङ गरि राखेको मोटरसाइकललाई हप्तामा एक पटक पोजिशन बदल्नु पर्छ । यसरी पोजिशन चेन्ज गर्दा अगाडीको भागलाई पछाडि र पछाडिको भागलाई अगाडि बनाउनु पर्छ । यसो गर्दा मोटरसाइकमा व्यालेन्स कायम रहन्छ ।

ब्रेकमा ध्यान दिने

लामो समयसम्म प्रयोग नगर्दा मोटरसाइकलको ब्रेक धेरै लुज हुने वा धेरै जाम हुने सम्भावना रहन्छ । यसकारण ब्रेकलाई बेला-बेला प्रयोग गर्ने तथा आवश्यकता अनुसार लुज वा टाइट गर्ने गर्नु पर्छ ।

कभर गर्ने

पाकिङ गरेर राखेको मोटरसाइकलमा धुलोजम्मा हुने, चराले फाहोर गर्ने तथा कोरिने सम्भावना हुन्छ । यसकारण मोटरसाइकललाई पुर्ण रुपमा कभर गरेर राख्न पर्ने हुन्छ ।


Back_to_top