काठमाडौं । सरकारले आर्थिक बर्ष २०७५/०७६को बजेटबाट दुईपांग्रे सवारीसाधानमा अन्तःशुल्क वृद्धि गरेको छ । तर, १५० सीसीभन्दा कम क्षमता भएका मोटरसाइकलमा अन्तःशुल्क लगाइएको छैन ।
यसरी अन्तःशुल्कको दायरामा नपर्ने करिब बिभिन्न कम्पनीका ५५ भन्दा बढी मोडलहरु रहेका छन् । अधिकतम २ लाख ५० हजारसम्म मूल्य रहेका यस्ता बाइकहरु १२५ सीसी क्षमताका धेरै रहेका छन् । अन्तःशुल्क नबढ्ने तर, सडक दस्तुरका कारण यी बाइकको मूल्यमा ५ हजार रुपैयाँ भने थप हुने छ ।
याे पनि पढ्नुस्: मोटरसाइकलमा लगाइएको सडक कर मजाक होइन अर्थमन्त्री ज्यू ?
यसको मतलव कम्पनीहरुले बैशाखमा प्रकाशन गरेको मूल्यसूचिमा ५ हजार थप गरेर यी बाइक र स्कुटर खरिद गर्न सकिने छ । पछिल्लो समय सोखभन्दा पनि दुईपांग्रे सवारी अत्यावश्यक बन्दै गएको छ ।
याे पनि पढ्नुस्: सडक प्रयोग वापतको करमा अत्याधिक वृद्धि (सूचिसहित)
भौगोलिक वनावटकै कारणले पनि पछिल्लो समय शहरी इलाकामा मात्रै नभएर पहाडी क्षेत्रमा समेत मोटरसाइकल प्रयोगकर्ता बढ्दै गएका छन् । प्रत्येक वर्ष २ लाख भन्दा बढी दुईपाँग्रे सवारी प्रयोगकर्ता थपिदैैं गएका छन् ।
याे पनि पढ्नुस्: सबै किसिमका मोटरसाइकल भयो महंगो, सडक दस्तुर नै २ लाख !
यस्ता छन् ब्राण्ड, सीसी र मूल्य
बजाज
बजाज प्लाटिना–१०० सीसी–१ लाख ५६ हजार ९ सय
बजाज डिस्कभर–१२५ सीसी–१ लाख ८१ हजार ९ सय
बजाज डिस्कभर– १२५ सीसी डिस्क–१ लाख ९० हजार ९ सय
बजाज डिस्कभर– १४५ सीसी–२ लाख ०५ हजार ९ सय
यामाह स्कुटर
सोलुटो डिक्स–१२५ सीसी–१ लाख ८९ हजार ९ सय
सोलुटो ड्रम–१२५ सीसी–१ लाख ८४ हजार ९ सय
रे–जेड–११३ सीसी–१ लाख ७८ हजार ९ सय
फ्यासिनो–११३ सीसी –१ लाख ९४ हजार ९ सय
रे–जेड आर–११३ सीसी–१ लाख ८९ हजार ९ सय
रे–जेड डिक्स–११३ सीसी १ लाख ९६ हजार ९ सय
महिन्द्रा
सेन्टुरो एक्सटी–११० सीसी–१ लाख ५३ हजार ९ सय
सेन्टेरो एनएक्सटी–११० सीसी–१ लाख ५७ हजार ९ सय
सेन्टेरो रकस्टार–११० सीसी–१ लाख ५१ हजार ५ सय
सेन्टेरो डिस्क ब्रेक–११० सीसी–१ लाख ६३ हजार ९ सय
महिन्द्रा स्कुटर
रोडियो उँजो–१२५ सीसी–१ लाख ७८ हजार ९ सय
गोस्टो भिएक्स–११० सीसी–१ लाख ८७ हजार ९ सय
गोस्टो आरएस–१२५ सीसी–१ लाख ६७ हजार ५ सय
हिरो स्कटुर
डुयट भिएक्स–१११ सीसी– १ लाख ७९ हजार ५ सय
प्लेजर–१०२ सीसी–१ लाख ६५ हजार
हिरो बाइक
स्प्लेन्डर बीएस–१०० सीसी–१ लाख ६४ हजार ५ सय
स्प्लेन्डर प्रो–१०० सीसी–१ लाख ६१ हजार ५ सय
स्प्लेन्डर स्मार्ट–११० सीसी–१ लाख ७१ हजार ५ सय
प्यासन प्रो– १०० सीसी–१ लाख ६९ हजार ५ सय
सुपर स्प्लेन्डर आइथ्रिएस–१२५ सीसी–१ लाख ८२ हजार
ग्ल्यामर डिआरएस–१२५ सीसी–१ लाख ८४ हजार ५ सय
ग्ल्यामर डिएसएस–१२५ सीसी–१ लाख ८९ हजार ५ सय
होन्डा स्कुटर
डिओ–११० सीसी–१ लाख ८० हजार ९ सय
एभियटर–११० सीसी–१ लाख ९० हजार ९ सय
एक्टिभा एसटीडी १२५ सीसी–१ लाख ९८ हजार ९ सय
एक्टिभा डीएल एक्स १२५ सीसी–२ लाख ९ हजार ९ सय
होन्डा मोटरसाइकल
नाभी–११० सीसी–१ लाख ५४ हजार ९ सय
सीबी ड्रिम डिएलएक्स–११० सीसी–१ लाख ७० हजार ९ सय
सीबी साइन डिआएस–१२५ सीसी–१ लाख ९४ हजार ९ सय
सीबी साइन डिडिएस–१२५ सीसी–२ लाख १ हजार ९ सय
सुजुकी स्कुटर
एसेस डिक्स–१ लाख ९९ हजार ९ सय
स्विस– १ लाख ७९ हजार ९ सय
लेट्स–१ लाख ७७ हजार ९ सय
सुजुकी मोटरसाइकल
ह्याटे–१ लाख ७१ हजार ९ सय
स्लिङसर्ट–१ लाख ८४ हजार ९ सय
टिभिएस स्कुटर
विगो स्कुटर–१ लाख ७३ हजार ९ सय
विगो रिर्फेस कोम्बी –१ लाख ७८ हजार ९ सय
जुपिटर स्कुटर–१ लाख ७३ हजार ९ सय
जुपिटर जेडएक्स–१ लाख ७७ हजार ९ सय
जुपिटर क्लासिक–१ लाख ९३ हजार ९ सय
जेष्ठ स्कुटर–१ लाख ६७ हजार ९ सय
ड्याज स्कुटर–१ लाख ९३ हजार ९ सय
एक्सआई १०० स्कुटर–१ लाख १२ हजार ९ सय
टिभिएस बाइक
स्टार सीटी प्लस–१ लाख ६२ हजार ९ सय
स्टाइकर–१ लाख ७४ हजार ९ सय
भिक्टर एक्स ड्रम–१ लाख ६७ हजार ९ सय
युएम बाइक
पावर म्याक्स स्कुटर–१२५ सीसी–१ लाख ८५ हजार
रेनेगेट स्पोर्ट बाइक– १४० सीसी–२ लाख ५० हजार
वेनेली
टिएनटी बाइक–१३५सीसी– २ लाख ५० हजार
अप्रिला
अप्रिला एस आर–१२५ सीसी–२ लाख ३५ हजार
याे पनि पढ्नुस्: अब बाइक र स्कुटरधनीले वार्षिक २०० अतिरिक्त कर तिर्नुपर्ने !

