नेटवर्क विस्तारमा आक्रमक बन्दै एलआरआर मोटर्स, १ वर्षभित्र १४ शोरुम खोल्ने

काठमाडौं । जिली ईएक्स फाइभको नेपालका लागि आधिकाररिक बिक्रेता एलआरआर मोटर्स डिलरशिप विस्तारमा आक्रमक बन्ने भएको छ ।

कम्पनीले आगामी १ वर्ष भित्र नेपालभर १४ वटा डिलर नियुक्त गर्ने आक्रमक योजना सार्वजनिक गरेको हो ।

एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले देशका सातै प्रदेशमा दुई/दुईवटा डिलरशिप शोरुम स्थापना गर्ने कम्पनीको योजना रहेको जानकारी दिए ।

उनले जिली ईएक्स फाइभप्रति उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रीक मोबिलिटी उपलब्ध गराउन देशभर नेटवर्क विस्तार गर्न लागिएको बताए ।

ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उद्देश्य रहेको उनले बताए ।

पहिलो चरणमा विराटनगर र बुटवलमा डिलरहरू नियुक्त भइसकेको उनले बताए । दुवै ठाउँमा आगामी १ महिनाभित्र शोरुम तथा सर्भिस सेन्टर उद्घाटन गरिने उनले बताए । अन्य ठाउँहरुमा पनि क्रमशः डिलर नियुक्त गरिने उनको भनाइ छ ।

‘सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली ईएक्स फाइभ पुर्याउने उद्देश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हौं,’ निर्देशक शाहीले भने, ‘हामीलाई विश्वास छ कि बिराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्राण्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।’

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठले देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप डिलर विस्तारको योजना तयार पारिएको बताए ।

‘हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली ईएक्स फाइभ बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,’ उनले भने ।

नेपाली बजारमा जिली ईएक्स फाइभको भेरियन्ट ईएक्स फाइभ प्रो र जिली ईएक्स फाइभ म्याक्स उपलब्ध छन् । ईएक्स फाइभको दुवै मोडलमा १६० किलोवाटको मोटर जडान गरिएको छ । यसले दिने २१५ हर्सपावरले ६.९ सेकेन्डमै ० देखि १०० किलोमिटर गुड्ने क्षमता राख्छ ।

यी दुवै मोडलमा ६०.२ किलोवाट आवर क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ । ईएक्स फाइभको एकपटकको पूलचार्जम ५३० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

ईएक्स फाइभकाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलईडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् ।

त्यस्नै, इन्टेरियरमा १५.४ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।

दुवै मोडलमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबिडी, ईएससी, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका फिचर छन् ।दुवैमा इन्टिग्रेटेड स्मार्ट यूआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।


Back_to_top