२७ दिनपछि बजारमा आउँदै टाटाको नयाँ एसयूभी ‘सियरा’

tata sierra launching november 24

काठमाडौं । अबको २७ दिनपछि टाटाले नयाँ एसयूभी सार्वजनिक गर्दैछ । आगामी नोभेम्बर २५ तारिखमा कम्पनीले सियरा एसयूभी बजारमा ल्याउने भएको हो ।

धेरै उपभोक्ताले प्रतिक्षा गरिरहेको सियरा एसयूभी पेट्रोल, डिजेल, ईभी र सीएनजीमा आउने अनुमान गरिएको छ । आगामी नेभेम्बर २५ तारिखमा भने पेट्रोल भर्सन सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

टाटाले सियरा एसयूभी कम्पनीकै सबैभन्दा धेरै टेक फिचर उपलब्ध हुने मोडल हो । यसको ड्यासबोर्डमा तीन वटा स्कृन दिएको छ । तीन वटा स्कृनमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, सेन्टर टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले र अगाडि बस्ने प्यासेन्जरको लागि छुट्टै डेडिकेटेड स्कृन उपलब्ध हुनेछ ।

सियरा एसयूभीको ड्यासबोर्डमा टेम्प्रेचर सेटिङको लागि फिजिकल र डिजिटल बटनहरु उपलब्ध हुनेछन् । इलुमीनेटेड लोगो सहितको फ्ल्याट बटम स्टेरिङ ह्वीलले सियरालाई उत्कृष्ट देखाएको छ ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलइडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलइडी टेललाइट दिइएको छ ।

सियरा पेट्रोल, डिजेल र इलेक्ट्रीक पावर ट्रेनको साथ बजारमा आउने छ । जसमा १.५ लिटर टर्बो पेट्रोल, २.० लिटर क्रायोटेक डिजेल इन्जिन रहने छ । यी इन्जिनसँग म्यानुअल र अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ । टप भेरियन्ट भने अल ह्वील ड्राइभ सिस्टमको साथ आउने अनुमान छ ।

ह्यारीयर ईभी नै बनाएको सेकेण्ड जेनेरेशन ईभी आर्किटेक्चर तयार पारेको अल इलेक्ट्रीक सियरामा रहने मोटर र ब्याट्रीको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।


Back_to_top