काडमाडौं । लुयान ब्राण्डको इलेक्ट्रीक स्कुटर एमएनके-३ को २०२२ भर्सन नेपाल भित्रिएको छ । लुयानका लागि नेपालको आधिकारि विक्रेता कम्पनी जिरो इमिशन राइड एनले एमएनके-३ को नयाँ भर्सन ल्याएको हो ।
कम्पनीले यसअघि एमएनके-३ मा लिड एसिड ब्याट्री राखेर विक्री गर्दै आएको थियो । अब भने कम्पनीले नयाँ भर्सनमा लिथियम आयोन ब्याट्री भर्सन नेपाल भित्र्याएको हो । कम्पनीले विक्री गर्ने लिड एसिड ब्याट्री भर्सनको मूल्य १ लाख ७३ हजार ७०० रुपैयाँ रहेको थियो भने लिथियम आयोन ब्याट्रीयुक्त मोडलको सहितको मूल्य २ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको हो ।
कम्पनीका अनुसार नयाँ माडल आएपनि लिडएसिड एमएनके-३ समेत विक्रीका लागि उपलब्ध हुनेछ । कम्पनीले ल्याएको लिथिएम आयोन भर्सनले एकपटकको फुल चार्जमा ९५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
यो स्कुटरमा २.१६ किलोवाटको ब्याट्री रहेको छ । यसलाई फुल चार्ज गर्न ४ देखि ५ घन्टा समय लाग्छ । यो स्कुटरमा १.५ किलोवाट क्षमताको मोटर रहेको छ ।
एमएनके-३ मा डिआरएल सहितको एलइडी हेडल्याम्प, फ्ल्याटरन टायर, एन्टि थेफ्ट अर्लाम, रिमोट कन्ट्रोल, किलेस इन्ट्री, डिजिटल डिस्प्ले, अटो ह्वील लक, चाइल्ड लक, यूएसबी पोर्ट जस्ता फिचर रहेका छन् ।

