माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इन्टरनेशल नेपालबीच सरलीकृत ऋण सम्झौता

काठमाडौं। माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इन्टरनेशल नेपालबीच सरलीकृत ऋण प्रवाह गर्न सम्झौता भएको छ।

ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिन उत्त सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले हस्क्षाक्षर गरेका छन्।

कार्यक्रममा बोल्दै शर्माले सहकार्यले देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्यमीलाई बिनाधितो सरलीकृत कर्जा प्रदान गरिने बताए । बैंकले कुल ४३ सय कृषक एवं महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, ३ हजार खाता खोल्नेसमेत बताए। उनले किसान के्रडिट कार्र्डको सेवा प्रदानगर्नेसमेत बताए।


Back_to_top