जर्मन अटोमोबाइल कम्पनी बीएम–डब्ल्यू लामो समयदेखि फोर–सिटर फ्लेगसिप एसयूभी ‘एक्स–८’ को निर्माणमा केन्द्रित भएको थियो । कम्पनीको निर्माणाधीन बहु–प्रतिक्षित मोडल ‘एक्स–८’मा परिस्कृत प्रविधिकासाथै आधुनिक इन्जिनियरिङ्गको प्रयोग गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको फूल–साइज एसयूभीलाई ‘जी–०९’ कोड नाम दिइएको छ ।
उक्त मोडललाई बीएम–डब्ल्यूको एक्स–७ भन्दा परिस्कृत मानिएको छ भने रोल्स–रोयस कुलिनानजस्तै उत्कृष्ट ठानिएको छ ।
एसयूभीमा मात्रै चारवटा आरामदायी सिट उपलब्ध हुनेछन् । बीएम–डब्ल्यूले यस फ्लेगसिप मोडलमा ग्राहकको रुची समेट्नेखालका विभिन्न विकल्प राखिने अपेक्षा गरिएको छ ।
तुलनात्मकरुपमा एक्स–८ एसयूभीमा एक्स–७ मोडलकोभन्दा आकर्षक रुफलाइन लगाइएको छ । यसकासाथै लामो यात्राको लागि लार्ज–बुटजडित छ ।
यो मोडल कम्पनीको पोर्टफोलियोमा यसअघि उत्पादन भएका एसयूभी सेग्मेन्टमध्ये सबैभन्दा महङ्गो हुने आँकलन गरिएको छ । यसमा समावेश गरिएका सुरक्षा, स्पीड, पफर्मेन्सलगायतका विशेषताका कारण उच्च मूल्य निर्धारण गर्ने अनुमान गरिएको हो ।
आकर्षक डिजाइनकासाथै मुटेड फ्लेगसिपमा निर्माण भएको रोल्स–रोयस कुलिनान, रोडस्टारलगायतका मोडलको स्थान यस एसयूभीले लिने कम्पनीको दाबी छ । साथै, बीएम–डब्ल्यूले उक्त मोडल रुचाउने ग्राहकको माग एक्स–८ ले पूरा गर्ने दाबी गरेको छ ।


