एक महिनापछि हुन्डाई ‘कोना इलेक्ट्रीक’ नेपाली बजारमा

काठमाडौं । दक्षिण कोरियाली मोटर उत्पादक कम्पनी हुन्डाईले उत्पादन गरेको इलेक्ट्रीक एसयूभी कोना नेपाली बजारमा सार्वजनिक हुने भएको छ । हुन्डाईको नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले २०१९ को जनवरीमा कोना नेपाली बजारमा ल्याउन लागेको हो । 

उच्च क्षमताको ब्याट्री प्याककासाथमा आउने उक्त इलेक्ट्रीक एसयूभीले नेपाली बजारमा किया शोलसँग प्रतिस्पर्धा गर्नेछ । यद्यपि, किया सोलको तुलनामा कोनाको रेन्ज भने धेरै रहनेछ । 

कोना ईभीले इन्ट्री–लेभलमा ३९ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीको प्रयोग गरेको छ । जसले एकपटकको फूलचार्जमा २८९ किलोमिटरको रेन्ज प्रदान गर्छ । साथै, ६४ किलोवाट आवरको ब्याट्रीले एकपटकको सिङ्गल चार्जमा ४४९ किलोमिटर माइलेज दिनेछ । 

वेश–भेरियन्टमा दिइएको मोटरले १३३ एचपी पावर उत्पादन गर्छ भने ६४ किलोवाटको मोटरले २०१ एचपी पावर दिनेछ । 

कोना इलेक्ट्रीक एसयूभीको टप–स्पीड क्षमता १५५ किलोमिटर प्रतिघन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड समाउन १० सेकेन्ड समय लगाउनेछ ।

यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।


Back_to_top