इएनआई लुब्रिकेन्ट र पावर आयलको खरिदमा जाडो छेक्ने हुक उपहार

काठमाडौं । हरेक कम्पनीले समय र मौसम अनुसार बिभिन्न किसिमका अफर योजना ल्याउने गरेको छ । जाडो मौसमलाई ध्यानमा राखी ईएनआई लुब्रिकेन्ट र पावर आयलले आफ्ना उत्पादनको खरिदमा हुक उपहार योजना ल्याएको छ । 

नेपालको लागि यी उत्पादनका अधिकारीक वितरक श्री एसटीसीले सवारी साधनको सुरक्षाको प्रयोग हुने ल्युव आयलको सँग–सँगै जोडमा युवाले मनपराउने हुक उपहार दिन लागेको जनाएको छ । 

ईएनआईको फोरटी र पावर आयलको ५ कार्टुन खरिदमा एक थान हुक प्रादान गर्ने कम्पनीले जनाएको छ । 

‘हामीले हरेक प्रयोगकर्तालाई उपहार दिन नसकेपनि ग्यारेज मेकानिक्स र रिटेलरलाई सहयोग पुगोस भनेर यो योजना ल्याएका हौं’ कम्पनीका प्रबन्ध निर्देशक सुरेस कुमार उप्रेतीले मेरोअटोसँग भने । 

यो योजना गत मंसिर १५ देखिनै लागु भएको छ भने,  स्टक रहुन्जेलसम्म मात्र लागू हुने जनाइएको छ । 


Back_to_top