काठमाडौं । चीनमा उत्पादन भएको मिनी कुपर इलेक्ट्रीक निकै चर्चामा रहेको छ । बीएमडब्लू र ग्रेटवाल मोटर्सको साझेदारीमा तयार भएको मिनी कुपर चीनमा बिक्री सुरु हुने भएसँगै चर्चामा आएको हो ।
चीन उत्पादन भएको मिनी कुपरको लम्बाई ३८५८ एमएम, चौडाई १७५६ र उचाई १४५८ एमएम छ । यसको ह्वीलवेस २५२६ एमएम लामो छ । कम्पनीले यसको भेरियन्ट अनुसार १६, १७ र १८ इन्चको ७ स्पोक ह्वील दिएको छ ।
बाहिरी डिजाइनमा मिनी कुपर सधैं चर्चामा रहेको कार हो । स्मार्ट डिजाइनमा तयार इलेक्ट्रीक कारको इन्टेरियरमा ९.५ इन्चको ठूलो साइजको सर्कुलर ओएलइडी स्कृन पाउन सकिन्छ ।
कम्पनीले यसमा थ्री स्पोक स्टेरिङ ह्वील र हेडअप डिस्प्ले दिएको छ । गियर सिफ्टर र पावर सुइच भने सेन्टर कन्सोेलमै पाउन सकिन्छ ।
इलेक्ट्रिक मिनी कुपरमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसले प्रदान गर्ने अधिकतम पावर १८१ पीएस हो । यसमा ५१.५ किलोवाट आवरको एसभोल्टको टर्नरी एनसीएम ब्याट्री प्याक छ । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ४५६ किलोमिटरसम्म रेन्ज दिन्छ ।
मिनी कुपर पेट्रोलको तुलनामा फरक डिजाइन ल्याङवेजमा बनेको विद्युतीय कारमा राउण्ड हेडलाइट, ओभल सेपको ग्रील पाउन सकिन्छ । तस्विरहरुमा देखिए अनुसार यसमा फ्लस डोर ह्याण्डल र व्ल्याक कलरको पिल्लर रहेको छ ।
अगामी जुलाई ६ बाट बिक्री सुरु हुने यो ईभीको सुरुवाती मूल्य २८ हजार ९०० देखि ३७ हजार १५० डलरसम्म पर्नेछ । जुन बेलायतमा उपलब्ध हुने मिनी कुपर ईभीको तुलनामा २० प्रतिशत सस्तो हो ।

