काठमाडौं । महिन्द्राले एक्सयूभी-४०० भन्दा सानो साइजको एसयूभी परीक्षण सुरु गरेको छ । कम्पनीले आफ्नो सफल सब फोर मिटर एसयूभी ‘थ्रीएक्सओ’को इलेक्ट्रीक भर्सन परीक्षण थालेको हो ।
सन् २०२४ को अन्तिममा नै बजारमा आउन लागेको इलेक्ट्रीक ‘थ्रीएक्सओ’ अहिले बिक्री हुँदै आएको एक्सयूभी-४०० ईभीभन्दा २०० एमएम छोटो रहेको छ । कम्पनीले यसलाई एक्सयूभी-४०० भन्दा तल राखेर नै बिक्री सुरु गर्नेछ ।
महिन्द्राले अहिले बिक्री हुँदै आएको थ्रीएक्सओको इलेक्ट्रीक भर्सनको रुपमा ल्याउन लागेको थ्रीएक्सओका अधिकांश फिचर पेट्रोलियम पदार्थबाट चल्ने कारमै आधारित रहने छन् । महिन्द्राले दुई महिना अगाडि मात्रै थ्रीएक्सओ मोडल बजारमा ल्याएको थियो ।
महिन्द्रा थ्रीएक्सओको पेट्रोल भर्सन नाडा अटो शो २०२४ बाट नेपालमा बिक्री सुरु हुँदैछ । यस्तोमा कम्पनीले ल्याउन लागेको इलेक्ट्रीक भर्सनको चर्चा हुनु स्वभाविक हो । अहिले भारतमा पुरै छोपेर परीक्षण सुरु भएको कारण यसको भित्री र बाहिरी फिचरको बारे केही जानकारी बाहिर आएको छैन ।
महिन्द्राले सम्भवत ३९ किलोवाट आवरको ब्याट्रीमा थ्रीएक्सओ मोडल ल्याउने छ ।