चार दिनपछि सार्वजनिक हुँदै महिन्द्रा मराजो, टोयोटा इनोभासँग होला प्रतिस्पर्धा ?

भारतीय अटो निर्माता कम्पनी महिन्द्राले ४ दिनपछि अर्थात् सेप्टेम्वर ३ मा आफ्नो प्रिमियम एमपीभी मराजो सार्वजनिक गर्ने भएको छ ।

केही दिन पहिला कम्पनीले मराजोको इन्टेरियर सार्वजनिक गरेको थियो । प्रिमियम एमपिभी (मल्टी प्रपोज भेइकल) सेग्मेन्टमा महिन्द्रा मराजोकोे प्रतिस्पर्धा टोयोटाको इनोबा क्रिस्टासँग हुने अनुमान सुरु भएको छ ।

यी सबै बिषयमा अन्तिम जानकारीको लागि भने ४ दिन कुर्नुपर्ने हुन्छ । 

इन्जिन

यसमा कम्पनीले १४९२ सीसीको १.५ लिटर टर्बोचार्ज्ड डिजल मोटर बेस इन्जिन वा २.२ लिटर यामहक एनभीएच इन्जिन दिइएको अनुमान गरिएको छ । 

ड्यासबोर्ड


महिन्द्रा मराजोको ड्यासबोर्डको टपमा प्लास्टिकको प्रयोग गरिएको छ भने फ्रन्ट साइडमा पियानो ब्ल्याक फिनिश दिइएको छ जसले यसको ड्याशबोर्डलाई निकै स्टाइलिश देखाएको छ । यसको सेन्टरमा ‘अल न्यु ७ इन्च टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम’ लगाइएको छ । जुन महिन्द्राको लेटेस्ट सफ्टवेयरको रुपमा परिचित छ ।

यसले एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको साथै युएसबी र ब्लुतुथ कनेक्टिभीटीलाई समेत सपोर्ट गर्ने छ ।

सेफ्टी  तथा सेक्योरिटी

यो एमपीभीको स्टेयरिङ्ग ह्वीलमा ब्लुटुथ कन्ट्रोल, इलेक्ट्रीक एडस्टेबल र फोल्डिङ विग्स ग्लास लगाइएको छ । यसको अलवा अटोमेटिक क्लाइमेट कन्ट्रोल, मराजोमा स्टान्र्डर्ड डबल एयरब्याग लगाइएको छ । 

क्याविन


महिन्द्रा मराजोको इन्टेरियरमा डिउल टोन कलर स्किम दिइएको छ । कम्पनीको अनुसार यो एमपीभी ७ वा ८ सिटको अप्शन उपलब्ध हुनेछ । यसमा क्याप्टेन सिटको साथै फ्लिप फिक्शन दिइने कम्पनीले जनाएको छ ।

अन्य फिचर


महिन्द्रा मराजोको टच स्क्रृन इन्फोटेनमेन्टको मुनि कारको एयर कन्डिसन लगाइएको छ । गाडीको टप एन्ड भेरिएन्टमा अटोमेटिक ट्रान्समिसन दिइएको छ । साथै एन्ट्री लेभल भेरिएन्टमा म्यानुयल एसी दिइएको छ । स्टेरिङ्ग ह्वीलको पछाडि एक ट्वीन प्याड इन्स्ट्रुमेन्ट क्लस्टरसँगै स्पिडोमिटर र टेक्नोमिटर लगाइएको छ । 


Back_to_top