विगत १७ वर्षदेखि निरन्तर स्पोर्टी लुक्सको मोटरसाइकल उत्पादन गरेर बजारमा पर्फमेन्स बाइकको रुपमा एकछत्र राज गरेको बजाज पल्सर नेपाली बजारमा समेत निकै चर्चित बाइक हो ।
भारतीय बजारमा इन्ट्री लेवल पर्फमेन्स बाइकको रुपमा बिक्री हुने यो बाइकले ४० प्रतिशत बजार हिस्सा ओगटेको छ । विगत १७ वर्षमा पल्सर नामबाटै १ करोड १५ लाख बाइक बिक्री भएको कम्पनीले जनाएको छ । योसँगै पल्सर बेष्ट सेलिङ पर्फमेन्स बाइक हो । यसले बजारमा यामाहा, टीभीएस, सुजुकी र होन्डाका बाइकसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बिभिन्न मिडिया रिपोर्टका अनुसार बजाजले ‘नेक्ट जेनेरेशन’ पल्सरको उत्पादनमा काम गरिरहेको छ । यसका साथै रिपोर्टले नयाँ पल्सरमा हुने ८ नयाँ विशेषतालाई अगाडि ल्याएको छ ।
नयाँ डिजाइन
सन् २०१० देखि उत्पादन भइरहेका सबै पल्सर मोडलहरुमा डिजाइनमा खासै परिर्वतन गरिएको छैन । कम्पनीको पहिलो उत्पादन पल्सर १५० क्लासिकदेखि पछिल्लो एनएस–२०० सम्मका मोडलको डिजाइनलाई नेक्ट जेनेरेसन पल्सरमा ब्यापक परिर्वतन गर्ने तयारी गरिरहेको छ ।
रिपोर्टका अनुसार बजाजले नयाँ पल्सरमा कन्टेम्प्रोवरी डिजाइन ल्याङ्वेजलाई क्यारी गर्ने जनाइएको छ ।
यसको डिजाइनसँगै सबै लाईटलाई एलइडी बनाइने छ, नयाँ एलोइ ह्वील, मोनोसकजस्ता परिर्वतन हुने छन् । बाइकको पछाडिको धेरै भागमा परिर्वतन गरिने छ ।
फिचर
नयाँ जेनेरेशन पल्सरमा प्रोजेक्टर यूनिटको साथ एलइडी हेडलाइट, डिजिटल ईन्ट्रुमेन्टेसन, रियर मोनोसकजस्ता अत्याधुनिक फिचरहरु रहने छन् ।
इन्जिन अपग्रेड
नयाँ जेनेरेसन पल्सरमा कम्पनीले ब्रान्ड न्यू इन्जिन दिने तयारी गरेको छ । अब आउने सबै इन्जिनहरु प्रदुषण नम्स भारत स्टायर्डड ६ मा आउने छन् । बजाज अटोले बिगतदेखि नै नयाँ इन्जिनको विकासमा काम गर्दै आइरहेको छ ।
संभवत कम्पनीले फोर भल्ब र फियुल इन्जेक्सन वा लिक्विड कुलिङ इन्जिनमा पल्सरलाई ल्याउने छ । नयाँ इन्जिन बिभिन्न रेन्ज १२५ सीसीदेखि २५० सीसीसम्मको हुने छ । कम्पनीले २२० सीसी क्षमताको पल्सरको ठाउँमा २५० सीसी पल्सर उत्पादन गर्ने छ । नयाँ एनएस २०० आरएस र २०० एसलाई केही परिर्वतनगरि बिएस ६ नम्स अनुसार ल्याउने छ ।
सेग्मेन्ट
नयाँ जेनेरेसन पल्सरमा १२५ सीसी सेग्मेन्ट थप हुने छ । जुन यसअघिको १३५ सीसीको सट्टामा आउन लागेको हो । यो पल्सरको इन्ट्री लेवल मोडलको रुपमा बजारमा आउने छ । सथै कम्पनीले २२० पल्सरको सट्टा २५० सीसी पल्सरको उत्पादन गर्ने छ । १५० र १८० सीसीमा पल्सरको उत्पादन निरन्तर रहने छ ।
इफिसेन्सी
यसमा दिइने विल्कुलै नयाँ इन्जिनको कारण यी बाइक निकै इन्धन किफायति हुने छन् ।
सेफ्टी
भारत सरकारले २०१९ अप्रिलबाट उत्पादन हुने सबै किसिमका १२५ सीसी क्षमता भन्दा भाथिका बाइकमा एबीएस अनिर्वाय गर्दैछ । त्यसैले पल्सरका सबै मोडलमा अनिर्वाय एबीएस हुने छन् । सथै २०० सीसीभन्दा माथिका उत्पादनमा डबल च्यानल एबीएस दिइने छ । यसअघि कम्पनीले एनएस २०० का दुई मोडलमा मात्र एबीएस दिएको थियो ।
मूल्य
नयाँ सेफ्टी र इमिसन नियम कार्यन्वयनमा आएसँगै बाइकहरुको मूल्य ३० प्रतिशत महंगो हुने निश्चित छ । यस्तोमा नयाँ जेनेरेसन पल्सरको मूल्य बढ्ने निश्चित छ ।
लञ्च डेट
सरकारले २०२० अप्रिल १ बाट नयाँ इमिसन नियम लागु गर्दैछ । यस्तोमा कम्पनीले बनाउन लागेको नयाँ जेनेरेसन पल्सरको काम २०१९ को मध्यसम्ममा सक्ने छ ।
नयाँ जेनेरेसन पल्सरलाई कम्पनीले २०१९ अक्टोबरपछि बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको बुझिएको छ ।


