बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन सबै प्रतिनिधिहरु राजधानी आइसकेका छन् ।
आज र भोलि यो सम्मेलन जारी रहने छ ।
सरकार भिआइपीहरुको सुरक्षाका कारण सर्वसाधारणको आवजावत बन्द गराएर सवारी गराइहेको छ । आज यी स्थानमा सर्वसाधारणका लागी सवारी अागमन बन्द हुनेछन्:
विहान ८ देखि ११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि सोल्टी होटल सम्म,दिउँसो सोल्टी होटल देखि शितल निवासको रुट १२ देखि २ बजेसम्म तथा साँझ सोल्टीबाट हयत होटल ६ बजेदेखि १० बजेसम्म सवारी आगमन प्रभावित हुने छ ।

