महिन्द्राको नयाँ सर्भिस सेन्टर मनमैंजुमा

काठमाडौं । महिन्द्राको लागि नेपालको आधिकारिक वितरक अग्नी समूहले ग्राहकको माग र आवश्यकता अनुसार सर्भिस विस्तार गर्दै आएको छ । यही क्रममा कम्पनीले काठमाडौंको मनमैजुमा स्पेयर पार्ट र सर्भिसको सेवा प्रदान गर्ने ‘टु एस’ नेटवर्कको विस्तार गरेको हो ।

एम एण्ड ए अटोमोबाइल्स प्रालिको नामबाट सुरु भएको नयाँ नेटवर्कको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय अप्रेसन्स हेड जोयदिप मोइत्रा र अग्नी समूहका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरेका हुन् ।

नयाँ नेटवर्कको उद्घाटनपछि बोल्दै अग्नी ग्रुपका कार्यकारी निर्देशक शर्माले भने, ‘नयाँ डिलरको उद्घाटन हाम्रो नेटवर्क विस्तारको अर्को एक कदम हो, यसले महिन्द्राका सेवाग्राहीलाई सहज बनाउने छ ।’

यस सर्भिस सेन्टरले सबै महिन्द्राका गाडी जस्तै स्कर्पियो, बोलेरो पीकअप, एक्सयुभी ५००, टियूभी ३००, केयूभी १००, थार जस्ता गाडीलाई आवश्यक सर्भिसिङ र जेन्युन स्पेयर पार्टस् उपलब्ध गराउने छ ।


Back_to_top