आज नेपाल र भारतबाट एकैसाथ सार्वजनिक हुँदै ‘स्कर्पियो एन’

सांकेतिक तस्विर

काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित स्कर्पियो एन आज भारत र नेपालमा एकै साथ सार्वजनिक हुने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको बहुचर्चित स्कर्पियो मोडलको नयाँ जेनेरेशनको रुपमा यो मोडल बजारमा आउन लागेको हो ।

नेपालमा पनि महिन्द्रा स्कर्पियोको सफलतालाई मध्यनजर गर्दै कम्पनीले सार्वजनिक गर्न लागेको हो । महिन्द्रा स्कर्पियो नेपालका सबै किसिमका सडकमा उत्कृष्ट पर्फमेन्स गर्न सफल मोडल हो ।

महिन्द्राले ब्यापक परिवर्तन गरेर ल्याएको स्कर्पियो एन नयाँ लोगो, नयाँ ग्रिल र नयाँ सुरक्षा फिचरले भरिपूर्ण भएर आउने अपेक्षा गरिएको छ ।

नयाँ स्कर्पियो एनको क्याविन प्रिमियम देखिन्छ । दुई कलरले सजिएको ड्यासबोर्ड, टप भेरियन्टमा दिइएको लेदर सिट, स्टेरिङ, डोर ह्याण्डल, एसी भेन्टर र सेन्टर कन्सोलमा दिइएको सिल्भर कलर क्रोमले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिएको छ । साथै सिटको कलरसँग म्याच गराएर ड्यासबोडमा पनि लेदर फिनिसिङ दिइएको छ ।

इन्फोटेन्टमेन्ट सिस्टमको दायाँ र वाँया नै एसी भेन्ट दिइएको छ । कम्पनीले नयाँ स्कर्पियो एनमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसमा सोनीको थ्रीडी साउन्ड सिस्टम पाउन सकिन्छ ।

निकै प्रतिक्षा गरिएको स्कर्पियो एन मोडल २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ । पहिलो पटक पेट्रोल इन्जिनमा आउन लागेको कारण धेरै पेट्रोल गाडी चाहनेको लागि यो उत्कृष्ट र भ्यालु फर मनी मोडल सावित हुने अनुमान गर्न सकिन्छ ।

अग्नी इनकर्पोरेटले आज बजारमा ल्याउने स्कर्पियो एनको मूल्यको विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top