२३ करोड पर्ने कार !

काठमाडौं । भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राको युरोपियन डिजाइन कम्पनी पिननफरिनाले हाइड्रोजनबाट चल्ने हाइपर कार बनाएको छ । हाइड्रोजन फिउल सेलबाट चल्ने यो कारको मूल्य करिब २३ करोड नेपाली रुपैयाँ रहेको छ । कम्पनीले यसको मूल्य १५ लाख पाउण्ड तोकेको हो ।

कम्पनीले बनाएको हाइपर कार निकै पावरफुल रहेको छ । यसमा रहेको मोटरले १०७३ हर्स पावर र एक हजार एनएम पीकटर्क प्रदान गर्नेछ । यो फ्यूल सेलबाट चल्ने कारलाई शून्यबाट ९६ किलोमिटर प्रतिघण्टाको स्पीडमा पुर्याउन केबल २.५ सेकेन्ड मात्रै लाग्नेछ ।

कम्पनीले यसको कुल तौल एक हजार किलोग्राम रहेको जनाएको छ । सन् २०२४ को सुरुवातबाट मात्रै ग्राहकलाई हस्तान्त्रण गर्ने लक्ष्य लिएर काम अगाडि बढाइरहेको छ । यूनिक डिजाइनमा बनेको यो कारको इन्टेरियर र एक्सटेरियरको डिजाइन इटालीमा तयार पारिएको हो ।

हाइपर कार बनाउन भीरीटेकको ग्राप–प्रो टेक्नलोजीको प्रयोग गरी लाइटवेटको कम्पोजीट र ग्राफाइट बेस्ट मेटिरीयलबाट बनाइएको हो । यसमा हाइड्रोजन इन्धन राख्ने ट्याङ्की भने कार्वन फाइबर मोनोकक च्यासीसमा इन्ट्रीगेटेड गरिने छ ।

कारको अगाडि र पछाडि दुबै एक्सलमा इलेक्ट्रीक मोटर जडान गरिएको छ । टपस्पीड ३२२ किलोमिटर प्रतिघण्टा रहेको कार साइजमा पनि उत्कृष्ट रहेको छ । यसको लम्बाई ४५५०, चौडाई १९०० र उचाई ११५० एमएम रहने छ । यसमा एक पटक हालेको हाइड्रोजनले ५६० किलोमिटरम्म गुडाउन सकिन्छ ।

पिननफरिनाले यो विषेश कार मात्र २५ वटा मात्रै बनाउने जनाएको छ ।


Back_to_top