सेलेरियोमा दिइएको नयाँ १.० लिटर ड्यूलजेट इन्जिन चर्चामा रहनुको ५ कारण

काठमाडौं । मारुती सुजुकीले केही दिनअघि भारतमा नयाँ जेनेरेशन सेलेरियो विक्री सुरु गरेको थियो । विक्री सुरु भएसँगै यसको लुक्स र माइलेजको विषय निकै चर्चा रहेको छ ।

कम्पनीले नयाँ जेनेरेशन सेलेरियोले प्रतिलिटर २६.६८ किलोमिटर माइलेज दिने दावी गरेको छ । कम्पनीको दावी एआरएआई टेस्टले पनि प्रमाणित गरेको कारण यो इन्जिनले यति धेरै माइलेज कसरी दिन्छ भन्ने प्रश्नहरु पनि खडा भएका छन् ।

विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको समयमा आएको १.० लिटर ड्यूल जेट इन्जिनकै कारण पनि धेरै ग्राहकले सेलेरियो छनोट गर्न सक्ने देखेर नै मारुती सुजुकीले उत्कृष्ट माइलेजलाई ब्राण्डिङ गरिरहेको छ ।

यसअघि नै मारुती सुजुकीले यही टेक्नलोजीको प्रयोग आफ्नो १.२ लिटर इन्जिनमा पनि गरेको थियो । उक्त इन्जिनको सफल प्रयोग अहिले स्वीफ्ट र बलेनो ह्याचव्याकमा भइरहेको छ ।

हामीले यहाँ सेलेरियोको नयाँ ड्यूलजेट इन्जिनको ५ विशेषता बारे चर्चा गरेका छौं  ।

१. एउटा सिलिण्डरमा २ वटा फियूल इन्जेक्टर

ड्यूलजेट इन्जिनमा इन्जिनको ‘इनटेल भल्भ’मा सँग-सँगै २ वटा इन्जेक्टर प्रयोग भएको हुन्छ । त्यहि कारण इन्धन राम्रोसँग स्प्रे हुने र इन्धन कम्बस्चर हुने गर्छ । ड्यूलजेटले लो थ्रोटलमा पनि छिटो रेस्पोन्स गर्छ । त्यहि कारण सहरी क्षेत्रको ड्राइभमा पनि थोरै थ्रोटल लिँदा पनि कार राम्रोसँग गुड्छ ।

२. हाई कम्प्रेसन रेसियो

यो इन्जिनमा कुलर रनिङ भइरहने भएकोले यसको कप्रेसन रेसियो ११.५ः१ को हुन्छ । हाइ कम्प्रेसन रेसियो भएका कारण फ्यूल इनर्जीलाई छिटो मेकानीकल इनर्जीमा कन्भर्ट गर्न सहयोग पुग्छ । यसमा कम्बस्चन चेम्बर अझ कम्प्याक्ट भएका कारण फिउल र एयर जल्नुभन्दा अगाडि राम्रोसँग मिक्स हुन पाउँछ । त्यहि कारण स्पार्क प्लगबाट निस्केको झिल्कोले सबै इन्धन बल्न सहयोग पुग्छ ।

३. हाइ थर्मल इफिसीयन्सी

‘हाइ थर्मल इफिसीयन्सी’को लक्ष्य प्रत्येक थोपा इन्धनबाट धेरै भन्दा धेरै इनर्जी प्राप्त गर्नु हो । त्यसको लागि सुजुकीले धेरै प्रकारका फिक्सन रिडक्सन टेक्नलोजीको प्रयोग गरेको छ । सुजुकीले ड्यूलजेट इन्जिनमा ‘रोलर रकर’ टाइपको भल्भ लिफ्टरको प्रयोग गरेको छ, यसले इन्जिनको कम्बस्चन चेम्बरलाई कुल बनाउन र फ्रिक्सन कम गर्न सघाउँछ ।

४. कुल्ड एक्जस्ट ग्यास सर्कुलेसन सिस्टम

एक्जस्ट ग्यास रि-सर्कुलेसन सिस्टममा एक्जस्टबाट ग्यास लिएर कम्बस्चन चेम्बरमा पठाउनु हो । एक्जस्टबाट लिइएको ग्यास तातो हुने गर्छ, जसका कारण यसको डेन्सीट कम हुने हुनाले कम्प्याक कम्बस्चरमा जानलाई सघाउँछ । यस्तो कुल्ड एक्जस्ट ग्यास रि-सर्कुलेसनले हावाको तातो पन कम गराउँछ । त्यहि कारण इन्जिनलाई हाइ कम्प्रेसन रेसियोमा चल्न मद्दत गर्छ ।

५. अटोमेटीक स्टार्ट/स्टप

सुजुकीको ड्यूलजेट इन्जिनमा अटोमेटीक स्टार्ट/स्टप अप्सन पनि भएको हुनाले कारलाई रोकिरहदा कारको इन्जिन आफै स्टप हुने गर्छ । जब कार अगाडि बढाउन थ्रोटल थिचिन्छ, उक्त समयमा कार आफै स्टार्ट भएर गुड्छ । यो सिस्टमले पनि कार आइडल अवस्थामा रहेदा इन्जिन अफ गररे इन्धन बचाउने काम गर्छ ।


Back_to_top