मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी हो । भारतमा मारुतीले कार उत्पादन र बिक्रीमा रेकर्ड कायम गर्दै आएको छ । यस्तैमा मारुती सुजुकीको कम्प्याक्ट सेडान कार डिजायर १९ लाख बिक्री भएको छ ।
मारुतीले २००८ मा पहिलो पुस्ताको डिजायर बजारमा ल्याएको थियो । योसँगै डिजायर धेरै बिक्री हुने कारको सूची परेको छ । डिजायर गत आर्थिक वर्षमा २ लाख ५० हजारभन्दा बढी बिक्री भएको थियो ।
मारुती डिजायर महिनामा औषतमा २१ हजार वटा बिक्री हुने गरेको तथ्यांक छ । मारुती सुजुकीका लागि डिजायर ब्रान्ड महत्वपूर्ण उत्पादन भएको मारुती सुजुकीका कार्यकारी दिर्नेशक (मार्केटिङ एन्ड सेल्स) शशांक श्रीवास्तवले बताए ।
डिजायर १.३ लिटर टर्बो डिजेल इन्जिन र १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । डिजेल इन्जिनले ७५ पीएस पावर र १ सय ९० एनएम टर्क दिन्छ भने पेट्रोल इन्जिनले ८३ पीएस र १ सय १३ एनएम टर्क दिन्छ । दुवै इन्जिनमा ५ स्पीड भ्यानुअल र अटोमेटिक अप्सनमा उपलब्ध छ ।

