बजाज अटोले आगामी दिपावालीमा बजाज पल्सर एनएस २०० को एफआई भेरियन्ट सार्बजनिक गर्ने भएको छ । २०० सीसी नेकेड रोडस्टर मोटरसाइकल एनएस २०० बिएस ६ मापदन्ड अनुसारको इन्जिन दिइने छ ।
हाल, कार्बुरेटर सेटअपमा रहेको यो मोटरसाइकल नियोन ब्ल्यु, एल्लो र रेडस्टिकर सहित विभिन्न बडि प्यानल र अलोय रिमम आउने कम्पनीले जनाएको छ ।
यसमा अन्तराष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९ हजार ७५० आरपीएममा २३.१७ बीएचपी पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स लगाइएको कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा स्लाइट्ली ट्वीक डिजाइन, अपडेटेड ग्राफिक्स, र नयाँ पेन्स सेम दिइएको छ । यसमा फुल एलइडी हेडलाइट र फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको छ भने, एनालग टेकोमिटर जस्ता विशेषता दिइने छ ।

